बुटवल, । विगतदेखि नै विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको मदन भण्डारी स्पोर्टस् एकेडेमी बुटवल उपमहानगर कमिटीले यसवर्ष पनि विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने भएको छ ।
एकेडेमीले आफ्नो ९ औं वार्षिकीको अवसर पारेर बुटवल उप–महानगरमा अन्तर मावि ५००० मिटर दौड र फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । एकेडेमीका अध्यक्ष विकासजंग बस्नेतले दिएको जानकारीअनुसार दौड प्रतियोगिता यही पौष १४ र फुटसल १८ र १९ गतेदेखि सञ्चालन गरिने छ । दौड प्रतियोगिता बुटवलको योगिकुटीदेखि ट्राफिकचोकसम्मको दूरीमा हुनेछ ।
‘सबैका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गर्न लागिएका यी प्रतियोगितामा आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।
छात्रा र छात्रतर्फ छुट्टाछुट्टै पुरस्कार ब्यवस्था गरिएको दौड प्रतियोगिताका खेल संयोजक समुन्द्र श्रेष्ठले जानकारी दिए । जसअनुसार दौडतर्फ प्रथम पुरस्कार ८ हजार ८ सय ८८, दोस्रो रु. ५ हजार ५ सय ५५ र तेस्रो हुनेलाई ३ हजार ३ सय ३३ रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै फुटसल प्रतियोगितमा प्रथम हुनेलाई २० हजार, दोस्रोलाई रु. १० हजार र तेस्रो हुनेलाई २ हजार नगद, कप, मेडल र प्रमाणपत्र पुरुकार दिइने फुटसल खेलका संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।
स्पोर्टस् एकेडेमीले दौड प्रतियोगिता गर्ने
