ज्ञान ज्योति शिक्षा सदनले मनायो वार्षिकोत्सव

मेचीकाली संवाददाता

१४ मंसिर २०७९, बुधबार
249 shares

रामबहादुर गन्धर्व
कपिलवस्तु, मंसिर १४ । कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बैदौलीस्थित ज्ञानज्योति शिक्षा सदनले आफ्नो १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

बुधबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाणगंगा नगर उपप्रमुख रीता चौधरीले ज्ञानज्योति शिक्षा सदन जिल्लाकै नमुना विद्यालय रहेको बताउँदै संस्कार, संस्कृति, भेषभूषा, परम्परालाई जर्गेनागर्नु सबैको दायित्व रहनेमा जोड दिइन् । सो अवसरमा विद्यालयका पूर्वसहायक प्र.अ. कर्णबहादुर सुनार र शिक्षक ओमप्रकाश पौडेल सम्मानित भएका छन् ।

यसैबीच कार्यक्रममा विभिन्न भेषभूषासहितको कला सांस्कृति झल्काउने नृत्यसमेत प्रस्तुत गरिएको थियोे । प्रथम, द्वितीय तृतीय र सान्त्वना स्थान हासिल गरेका विद्यार्थीहरूलाई स्तरअनुसार पुरस्कार पनि हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले विद्यालयको गुणस्तरप्रति प्रशंसा गर्दै शैक्षिक सफलताको शुभकामना व्यक्त गरे ।

सम्पूर्ण शेयर सदस्य, शिक्षक, अभिभावक, स्थानीय समाजसेवी, बुद्धिजीवी, शुभेच्छुकहरूको उपस्थिति रहेको कार्यक्रम युवराज पोख्रेलको अध्यक्षता वडा न.६ का अध्यक्ष करूण टण्डनको विशिस्ट आतिथ्यता रहेको थियो । सहायक प्र.अ.रितादेवीको स्वागत तथा व्यस्थापक प्रकाश विकको सञ्चालनमा कार्यक्रम भएको हो ।