प्याब्सन बुटवलको चौथो साधारणसभा

मेचीकाली संवाददाता

२० मंसिर २०७९, मंगलवार
158 shares

बुटवल, मंसिर २० । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) बुटवलको चौथो वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । प्याब्सन बुटवलका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले निजी तहका विद्यालयको स्तरोन्नती र विकासका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग रहने बताईन् । प्याब्सन बुटवलद्वारा मंसिर १६ गते भएको चित्रकला तथा निबन्ध लेखन प्रतियोगितामा विजयी भएका प्याब्सनमा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई प्रमाणपत्रले सम्मान गरेका थिए । त्यस्तै शिक्षक शिक्षिकालाई पनि सम्मान गरिएको थियो ।

त्यस्तैगरी साधारणसभामा बुटवल प्याब्सन अन्तर्गतका विभिन्न विद्यालयका शिक्षकहरुलाई समेत प्रमाणपत्रले सम्मान गरेको छ ।
साधारण सभामा अध्यक्ष कुलानन्द पाण्डेले वार्षिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । उक्त कार्यक्रममा नेपाल अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डे, हिसानका केन्द्रीय सदस्य लोकनाथ उपाध्याय, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाललगायतले मन्तव्य राखेका थिए ।
उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष मित्रहरि आचार्यको स्वागत मन्तव्यमा कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण खनालले गरेका थिए । बुटवल प्याब्सनमा ४० विद्यालयहरु आवद्ध रहेका छन् ।