बुटवल, माघ १८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यातले अख्तियारको आँखा अब स्थानीय तहतर्फ केन्द्रित हुने बताएका छन् । स्थानीय तहमा नयाँ संरचना अनुसार काम गर्न कर्मचारीको अनुभव नहुँदा अनियमितता हुन सक्ने संकेत गर्दै उनले त्यसतर्फ चनाखो भएर लाग्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै बस्न्यातले भने, ‘जनताको अपेक्षा भ्रष्टचार अन्त्य र सुशासन हो । स्थानीय तहमा भ्रष्टचारको बहुआयामिक समस्या छ । अब अपारदर्शिता केलाउन अख्तियार स्थानीय तहमा केन्द्रित हुन्छ ।’
अख्यिारको नजर अब स्थानीय तहतर्फः बस्न्यात
