प्रकाश आचार्य
बुटवल, । प्रदेश नम्बर ५ को पहिलो प्रदेशसभा बैठक आगामी आउँदो आइतबार बुटवल बस्दैछ । बैठक माघ २१ गते (आइतबार) दिउँसो १ बजेका लागि बैठकको तय गरिएको छ । प्रदेशसभाको बैठक सञ्चालन गर्ने स्थल बुटवल उद्योग वाणिज्य संघको भवन एवं सभाकक्ष चिटिक्क सिगार्ने काम तिब्र रूपमा भइरहेको छ । भने अन्य सम्बन्धित कार्यालय एवम् सचिवालयको व्यवस्थापनको कामलाई द्रुत रुपमा अघि बढाइएको छ ।
प्रदेशसभाको पहिलो बैठकलाई व्यवस्थित बनाउन र आवश्यक अन्य तयारी गर्न संसद् सचिवालयको चार सदस्यीय कर्मचारीसहितको टोली बुटवल आइपुगेका छन् । संघीय संसद्का सहसचिव सुरेन्द्र अर्यालले प्रदेशसभा बैठकको मिति तोकिएसँगै त्यसको व्यवस्थापनका कार्यलाई तीव्र रूपमा भइरहेको बताए ।
‘सांसदहरू बस्नको लागि बुटवल उपमहानगरपालिकाले कुर्ची दिएको छ । त्यस्तै सभामुख र प्रदेश प्रमुखका लागि कुर्सीको व्यवस्था गरिसकिएको छ । कुर्चीमा निलो कलरका कभरहरू राखिँदै छ । भने कार्पेट पनि निलो कलरकै बिच्छाइँदै छ ।’ अर्यालले भने । स्थानीय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको नेतृत्वमा भएको छ ।
यस्तै सभाकक्षको एक लहरमा सत्तपक्ष र अर्को लहरमा प्रतिपक्षका सांसद बस्ने गरी डिजाइन भई निर्माण भइरहेको छ । सभा कक्षभित्रको पछाडि भागमा समाचार संकलन गर्ने सञ्चारकर्मीको बस्ने व्यवस्था मिलाउन लागिएको छ । सांसदहरू अगाडिको ढोकाबाट प्रवेश गर्नेछन् भने पछाडिको ढोकाबाट बाहिर निस्किने व्यवस्था मलाइँदै छ ।
प्रदेश संसद्को बैठकको रूपन्देहीका जनताले पनि चासोपूर्वक हेरेका छन् । काठमाडौंदेखि आ–आफ्नो जिल्लामा रहेका सांसदहरू रुपन्देही आउने थालेका छन् ।
प्रदेश नम्बर ५ का कार्यालय सचिव शंकर पाठकले संसद् भवनका लागि आवश्य पर्ने तयारीदेखि मन्त्रालयका लागि चाहिने भवनहरूको छनौट भइसकेको बताए । ‘भवनहरुको व्यवस्थापन गर्ने काम बाँकी छ’ उनले भने, ‘प्रदेशसभा सञ्चालनको लागि केन्द्रबाट कर्मचारीहरू आइसकेका छन् । यहाँका कार्मचारीहरू पनि खटिनुहुनेछ । कर्मचारीको समस्या हुने छैन ।’ पाठकले मन्त्रालय गठनको लागि पनि केन्द्रबाट सचिवहरू बुटवल आइपुगेको जानकारी दिए । बैठकको तयारी करिब पूरा भएको छ ।
पाँच नम्बर प्रदेशसभामा ८७ सांसद
पाँच नम्बर प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, बाँके बर्दिया, प्यूठान रोप्पा र पूर्वी रुकुम गरी १२ जिल्ला प्रत्यक्षतर्पmका ५२ र समानुपातिकतर्फ ३७ सांसद छन् । सबैभन्दा धेरै एमालेका ४१, माओवादी केन्द्रका २२, कांग्रेसका १८, संघीय समाजवादी फोरमका ५ र राष्ट्रिय जनता पार्टीका १ जना सांसद रहेका छन् ।
पहिलो बैठकमा के–के छन् कार्यसूचीमा ?
आइतबार बस्ने पहिलो बैठकको तयारीका लागि संघीय संसद् सचिवालयले आज सर्वदीलय बैठक बोलाएको छ । सर्वदलीय बैठकले कार्यसूची तय गर्नेछ । बैठकमा सभामुख बलदेश शर्मा पोखरेलले संसद् बैठक आह्वान गरेको पत्र पढेर सुनाउनेछन् । त्यसपछि सहिदहरुप्रति श्रदाञ्जली अर्पण गर्ने कार्यक्रम हुनेछ ।
त्यसपछि सभामुखको भूमिका निर्वाह गर्ने शर्मालाई बधाई तथा सुभाकामना ज्ञापन गरिनेछ । त्यसपछि सांसदहरूले संसद् विचार व्यक्त गर्न दिइने छ । त्यसपछि प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि– २०७४ पारित गर्दै पहिलो प्रदेशसभा बैठक सम्पन्न हुने सहसचिव अर्यालले जानकारी दिए । बैठकले सभामुख र उपसभापति चयन गर्ने निर्वाचन मितिसमेत तय गर्नेछ ।
(((((((((
फोटो
अब स्थानीय तहका बेथिति नियाल्दै अख्तियार
बुटवल, माघ १८ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख दीप बस्न्यातले अख्तियारको आँखा अब स्थानीय तहतर्फ केन्द्रित हुने बताएका छन् । स्थानीय तहमा नयाँ संरचना अनुसार काम गर्न कर्मचारीको अनुभव नहुँदा अनियमितता हुन सक्ने संकेत गर्दै उनले त्यसतर्फ चनाखो भएर लाग्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै बस्न्यातले भने, ‘जनताको अपेक्षा भ्रष्टचार अन्त्य र सुशासन हो । स्थानीय तहमा भ्रष्टचारको बहुआयामिक समस्या छ । अब अपारदर्शिता केलाउन अख्तियार स्थानीय तहमा केन्द्रित हुन्छ ।’
उनले थप, ‘भ्रष्टचार विरूद्धका चुनौतीविरूद्ध लड्न अख्तियार सधैं तयार छ÷रहन्छ ।’ बस्न्यातले जनताको चाहना अनुसार भ्रष्टचार अन्त्य गर्न आफूहरू सधैं प्रतिबद्ध रहेको बताए । उनले सबै प्रदेशमा अख्तियारका प्रदेश स्तरीय कार्यालयहरू सञ्चालनको तयारी भइरहेको बताए । उनले भने, ‘पाँच प्रदेशमा कार्यालय सञ्चालनमा आइसके अब दुई वटा प्रदेशमा छिट्टै आफ्नै भवनबाट अख्यिारले काम गर्ने छ ।’
बस्न्यातले अख्तियारको कामकारबाहीलाई सन्तुलितका साथै प्रभावकारी बनाउने बताए । उनले अख्तियारको गिरेको साख उचो बनाउन प्रयत्न गर्ने र त्यसक्रममा सामूहिक कार्यप्रणाली अपनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा अख्तियार सचिव राजन खनालले सुशानस र पारदर्शिताका लागि अख्तियारको भूमिका अझ बढ्दै गएको बताए । प्रदेश नम्बर ५ का सचिव शंकर पाठकले शुसाशन र पारदर्शिताका लागि अख्तियार अझै अगाडि बढ्न आवश्यक रहेको बताए ।
कार्यालयले बुटवल मिलनचोकको नयाँ कार्यालयबाट अबदेखि आफ्नो कार्य सुरू गर्नेछ । ५ करोड ८८ लाख रूपैयाँको लागतमा भवन निर्माण गरिएको हो । अख्तियारले २०७० मा बुटवलमा आफ्नो कार्यालय स्थापना गरी काम थालेको थियो ।
२०७० देखि हालसम्म २ हजार २ सय ६८ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख विमल बस्नेतले जानकारी दिए । जसमध्ये १ हजार ८ सय ८१ फछर्यौट भएका छन् । र ३ सय ८७ फछयौट गर्न बाँकी छ । त्यस्तै १७ वटा स्टिङ अपरेशन गरेको छ । भने ५६ वटा विस्तृत अनुसन्धाकार्यालयमा १५ जना कर्मचारी कार्यरत छन् ।
प्रदेशसभा बैठकको तयारी धमाधम
