चितवन, । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीको नेतत्वमा बन्ने वाम सरकारले देशमा चमत्कारी विकास गर्ने बताएका छन् । माओवादी केन्द्र चितवनले सोमबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै प्रचण्डले वाम सरकारले नेपाललाई सुशासनसहितको समृद्ध राष्ट्र बनाउने बताएका हुन् । वाम शक्तिको विजयले जनतामा उत्साह आएको तर नेपालको विकास नचाहने देशीविदेशी शक्ति भने एकता भाँड्नका निम्ति सक्रिय रहेकोसमेत उनले बताए ।
‘एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । त्यस्ता कुनै पनि प्रयत्नलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन हामी प्रतिबद्व छौँ ।’ पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेको भन्दै जसरी पनि एकता हुने बताए । त्यस्तै उनले दुवै पार्टीको एकता सम्मानजनक हुने बताए ।
अध्यक्ष प्रचण्डले आइतबार अनेरास्ववियु क्रान्तिकारीका पद्याधिकारीसँग पनि एकता भाँड्न केही शक्ति र व्यक्ति लागेको बताएका थिए । उनले त्यस्ता तत्वले आफूलाई एकताविरुद्ध उकासेको भन्दै अब कसैको शक्तिले पनि एकता रोक्न नसक्ने बताएका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वामले हासिल गरेको सफलता एकताका लागि जनादेश भएको भन्दै त्यसमा दायाँबायाँ गर्न नसक्ने उनले बताएका थिए ।
पार्टी एकतापछि देशमा चमत्कारी विकास हुन्छ ः प्रचण्ड
