बुटवल, फागु २ । प्रदेश नम्बर ५ को सभामुखमा माओवादी केन्द्रका सांसद पूर्वबहादुर घर्ती निर्वाचित भएका छन् । बुधबार बसेको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक दधिराम न्यौपानेले पेश गरेको प्रस्तावमा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले समर्थन गरेपछि सभामुख बलदेव शर्मा पोखरेलले निर्वाचित भएको घोषणा गरेका हुन् ।
संविधानको १८२ को उपधार १ बमोजिम घर्ती सभामुखमा निर्वाचित भएको हुन् । संसदमा घर्तीको मात्र उम्मेदवारी परेको थियो । निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै घर्तीले जनताप्रति उत्तरदायी भएर आफू अगाडि बढने बताए । जनताका चाहाना र आकाक्षालाई संवोधन गर्ने आफ्नो पहिलो काम हुन घर्तीको भनाइ छ ।
आज साँझ प्रदेश प्रमुख उमाकान्त झाले घर्तीलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ । एमाले र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनेका घर्तीका विरुद्धमा कुनै उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । बैठकले फागुन ६ गते उपसभामुखको निर्वाचनको मिति तोकेको छ । उपसभामुखका लागि एमालेले कृष्णा चौधरीलाई उम्मेदवार बनाउने चर्चा छ । अर्को संसद् बैठक फागुन ६ गते १ बजे बस्ने भएको छ ।
प्रदेश ५ को सभामुखमा घर्ती निर्वाचित
