बुटवल, । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले विराटनगरबाट आफ्ना नेता÷कार्यकता पक्राउ गरेको विरोधमा मंगलबार आहवान गरिएको नेपाल बन्दको प्रभाव प्रदेश नम्बर पाँचमा आंशिक रूपमा देखिएको छ । प्रदेश नम्बर पाँचको राजधानी बुटवलमा बन्दकर्ता कतै नदेखिए पनि लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधान नचले पनि मोटरसाइकल, अटो रिक्सा तथा केही निजी सवारीहरू चलेका छन् । बन्दकर्ता भने कतै देखिएका छैनन ।
रूपन्देही लगायत प्रदेश नम्बर पाँचका १२ जिल्लामा बन्दको आंशिक प्रभाव देखिएको हो । नवलपरासी, कपिलवस्तु, पाल्पा, गुल्मीमा पनि बन्दको सामान्य प्रभाव देखिएको बताइएको छ । विद्यालय, बजार, उद्योग कलकारखाना, बैक तथा वित्तीय संस्थाहरू बन्द छन् । पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्गमा सार्वजनिक गाडीहरू चलेका छैनन । बन्द साँझ ५ बजेदेखि खुल्ने माओवादीले जनाएको छ ।