नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ प्रकाशन पूर्वसमीक्षा

मेचीकाली संवाददाता

७ पुष २०७९, बिहीबार
190 shares

सुनिल आचार्य
कपिलवस्तु । इन्सेक कपिलवस्तुको अयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरूको सरोकारवालाबिच वार्षिक पूर्वसमीक्षा कार्यक्रम पुस ७ गते तौलिहवामा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले कपिलवस्तु जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बर २० सम्म सङ्कलन गरेका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । जसमा बलात्कार हुनेमा ५ वर्षदेखि माथि १८ वर्षमुनिका बालिका १३ जना, १८ देखि ४० बर्षसम्मका महिला १४ जना र ४० वर्षमाथि ६८ वर्षीया बृद्धसहित २ महिलाले बलात्कारको हिंसामा परेका छन् ।

यस्तै बलात्कार प्रयासको घटनामा १८ बर्ष मुनिका ४ जना र १८ बर्षदेखि ४० बर्ष सम्मका ७ जना , हाडनाता करणीमा १ , वालयौन दुव्र्यवहारमा २ वर्षिया बालिका सहित ३ जना , शरिर बन्धक तथा अपहरण गरी बलात्कार ५ जना ,मानव बेचबिखनमा ४ वटा , बाल विवाह २, बहुबिवाहमा ४ , १ गोलिहानी आत्महत्या र पारिवाकिजन र ब्यक्तिगत कारणमा ६ जना र आत्महत्या दुरुत्साहनबाट १ जनाको हत्या भयो भने अपहरण तथा शरीर बन्धक र ज्यानमार्ने उद्योगमा १ मुद्दा दर्ता भएको छ । घरेलु हिंसा २ सय ९९ वटा गरी जम्मा ३ सय ६३ वटा घटनाहरु संकलन भएका थिए ।

जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक बाबुराम आचार्यले इन्सेकको प्रतिबेदन र कार्यप्रति प्रशंसा गर्दै समन्वय समितीबाट हुने सहयोगमा प्रतिबद्धता जनाए । विगत लामो समयदेखि इन्सेकले प्रकाशित गर्दै आएको मानव अधिकार वर्ष पुस्तक दस्तावेजको रुपमा लिइने गरिएको बताए । उनले निशुल्क शिक्षा र स्वास्थ्यको क्षेत्रमा सरोकारवालाहरु संवेदनशील हुन जरुरी भएको बताउँदै आफूले जिल्लाको विभिन्न स्थानहरुमा अनुगमन गर्दा केही स्वास्थ्य संस्थाहरुमा सिटामोट नभएको समेत देखिएको हुँदा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा ध्यानदिन जरुरी भएको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव अधिकार हनन भएको थाहा पाएमा प्रशासनमा सूचना दिन आग्रह गर्दै मानव अधिकारका बिषयमा सदैव सचेत रहने र सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । जिल्ला प्रशासनमा आफ्नो क्षेत्राधिकार भित्र पर्ने भन्दा पनि बाहिरी घटनाहरुको समेत उजुरीहरु आउनुको मुख्य कारण स्थानियतले प्राप्त गरेको न्यायीक समिती र जनप्रतिनिधीहरु प्रति बिश्वासको वातावरण नभएको भन्ने गुनासो सेवाग्राहीहरुबाट आउने गरेको बताए । शिक्षाको क्षेत्रमा एकदमै कमजोडी देखिएको हुँदा शिक्षा शाखा प्रमुखहरुले स्थानियतहका सम्पूर्ण विद्यालयहरुमा अनुगमन गर्न आग्रह गरे । जिल्ला बार एशोसिएसनका सचिव तथा जिल्ला कानुनी सहायता समितीका अधिकृत राजुकुमार श्रीवास्तवले इन्सेकको प्रतिबेदन मानव अधिकार महासन्धिमा समेत जाने भएको हुँदा सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख थानेश्वर घिमिरेले बिद्यार्थीहरुले पूर्ण रुपमा पाठ्यपुस्तक नपाएकोमा दुख व्यक्तगर्दै यो बिषय राष्ट्रिय समस्याको रुपमा देखिएको बताए ।

यसैगरी शिक्षा शाखा प्रमुख हरि प्रशाद ज्ञवालीले कपिलवस्तु नगरपालिका अन्तरर्गतका सामुदायीक बिद्यालयमा कुनै न कुनै बहानामा शुल्क उठाउने वातारणलाई न्यूनिकरण गरी नगरपालिकोको नगर परिषदबाट नै बिद्यार्थी तथा अभिभावकहरुबाट कुनै शुल्क नलिने निर्णय भएको बताए । कपिलवस्तु नगरपालिका अन्तरर्गतका ५२ वटा बिद्यालयमा पाठ्यपुस्तकको अभाव नहुनका लागि चैत्र मसान्त भित्र बिद्यालयहरुलाई बजेट निकासाको निर्णय समेत भएको जानकारी दिए । पाठ्यक्रम भित्र हाम्रो ऐतिहासिक कपिलवस्तु पाठ्यक्रममा समावेस गरिएको बताए ।

ओसिएमसीका संयोजक डाक्टर गणेश क्षेत्रीले ओसीएमसीमा सुधारहुँदै आएको बताउनु भयो । यस्तै स्वास्थ्य बिमाको बिषयमा सुधार हुँदै आएको बताउँदै नेपाल सरकारले ९८ प्रकारका बिभिन्न औषधीहरु १८ प्रकारका सर्जिकल निसुल्क सेवा दिंदै आएको बताए । अस्पताल अन्तरर्गतको ओसिएमसीमा लैंगिक हिंसाका बिभिन्न प्रकारका प्रभावितहरुलाई सहज रुपमा कानुनी उपचार दिंदै आएको बताए । कार्यक्रममा सहभागि मानव अधिकारकर्मी पोम नारायण पौडेल , बरिष्ठ मानव अधिकारकर्मी राम दयाल ठाकुर , नेपाल स्वयंम सेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेल , अशोक लम्साल , पत्रकार महासंघका सचिव जानु पाण्डे लगायतले पाँच वटा अधिकारहरु मध्ये आर्थिक , सामाजिक र सांस्कृतिकको अधिकारहरुको बिषयहरुलाई समेत इन्सेकले उठान गर्नुपर्ने बताएका थिए । सहभागिहरुले निशुल्क शिक्षा , स्वास्थ्य उपचार , सेनेटरी प्याड , छाडाचौपाया नियन्त्ररण लगाएतका बिषयमा उठान गरेका थिए ।

मानव अधिकारको अवस्था उजागर गर्ने इन्सेकको अभियानप्रति स्थानीय सरकारको सधै साथ सहयोग रहने कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरेले बताए । कपिलवस्तु नगरपालिकाले सम्पूर्ण नगरवासीहरुकालागि ५० प्रतिशत छुटमा स्वास्थ्य बिमाको सेवा दिएको बताए । साथै कपिलवस्तु अस्पतालमा औषधीमा सहयोग होस भन्ने उद्देश्यले १२ लाख रुपैंया सहयोग गरिएको बताउँदै आगामी दिनहरुमा वडा तथा नगरबाट हुने सहयोगमा कन्जुसाई नगर्ने प्रतिवद्धता जनाए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी मिन बहादुर घलेले राज्यनै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरू नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए । कार्यक्रममा पत्रकार, मानव अधिकारकर्मी, कानुन व्यवसायी, हिंसा पीडितहरूको सहभागिता रहेको थियो ।

समिक्ष कार्यक्रममा मानव अधिकार समूहका अध्यक्ष पुष्पा रेग्मीले मानव अधिकार उल्लंघनका घटनाहरु सत्यतथ्यको आधारमा हरेक वर्ष इन्सेकले बर्ष पुस्तकमा अभिलेखिकरण गर्दा राज्यपक्ष र गैरराज्यपक्षबाट हुने घटनालाई खबरदारी गर्दै आउनु आम नागरिहरुका लागि दस्तावेजीको रुपमा अनुभूति भईरहेको बताइन । कार्यक्रममा जिल्लाका गैसस महासंघ, बिभिन्न सरोकारवालाहरु, पत्रकार र सुरक्षाकर्मीहरु लगायतको सहभागिता रहेको थियो । भने उक्त कार्यक्रमको सञ्चालन मानव अधिकारकर्मी महेन्द्र प्रसाद खनालले गरेका थिए ।