बुटवल, । बुटवल उप–महानगरपालिकाको दोस्रो नगरसभा तथा प्रथम विधान सभा बिहीबारदेखि सुरु भएको छ । विधानसभा उद्घाटन गर्दै उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले स्थानीय सरकारलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।
उनले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकारहरुको उपयोग गर्दै आवश्यक ऐन, नियम र कानुनहरु बनाउन विधान सभा बोलाइएको उल्लेख गर्दै नगरसभालाई व्यवस्थित र प्रभावकारी बनाउन सदस्यहरुलाई निर्देशनसमेत दिए । बिहीबारको विधानसभामा विभिन्न ९ वटा विद्येयकहरु प्रस्तुत भएका छन् । उप–महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीका अनुसार बुटवल नगरकार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमति गर्न बनेको) विधेयक–२०७४, नगर शिक्षा विधेयक–२०७४, नगर सहकारी विधेयक–२०७४ सम्बन्धमा, कृषि व्यवसाय प्रवद्र्धन विधेयक–२०७४, फोहरमैला व्यवस्थापन विधेयक–२०७४, औद्योगिक व्यवसाय विधेयक–२०७४ प्रस्तुत भएको छ ।
यस्तै निर्माण व्यवसाय विधेयक–२०७४ तथा सार्वजनिक निजी साझेदारी विधेयक–२०७४ र सार्वजनिक निजी साझेदारी नीति–२०७४ प्रस्तुत भएका छन् । प्रवक्ता रेग्मीका अनुसार बिहीबारै प्रशासकीय कार्यविधि नियमित गर्न बनेको विद्येयक–२०७४ पारितसमेत भएको छ ।
सार्वजनिक सेवा तथा क्षमता विकास समिति, सामाजिक विकास समिति, आर्थिक समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, पूर्वाधार विकास समितिका संयोजकहरुले विधेयक प्रस्तुत गरेको प्रशासकीय अधिकृत भरतमणि पाण्डेले जानकारी दिए ।
ती समितिका संयोजकहरु क्रमशः महेन्द्र लिगल, सीताकुमारी थापा, टंकप्रसाद पराजुली, नारायणप्रसाद पुन, रामप्रसाद रेग्मीले आ–आफ्ना मातहतका समितिमार्फत विधेयकहरु प्रस्तुत गरेका थिए । नगरसभाको अर्को बैठक फागुन १४ गते बिहान ७ बजे नगरसभाहलमा बस्ने कार्यक्रम छ ।
संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (१) बमोजिम उप–महानगरपालिकाले यसअघि नगरसभाबाट विभिन्न १४ वटा ऐन, नियमावली, निर्देशिका, कार्यविधि पारित गरिसकेको छ । संविधानको अनुसुची ८ मा
स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारहरुको सूची उल्लेख छ ।
बुटवल उप–महानरगरपालिकाले यस अघि आर्थिक ऐन–२०७४, विनियोजन ऐन– २०७४, नियम ः कार्य सम्पादन नियमावली–२०७४, निर्णण वा आदेश र अधिकार पत्रको प्रमाणीकरण नियमावली–२०७४ पारित गरिसकेको छ । यस्तै बैठक संचालन कार्यविधि–२०७४, नगरसभा संचालन कार्यविधि–२०७४, जा“चपास तथा फरफारक कार्यविधि–२०७४, योजना तथा कार्यक्रम कार्यान्वयन कार्यविधि–२०७४ र मर्मत संभार एवं विपद् तथा खर्च व्यवस्थापन कार्यविधि २०७४ पनि पारित भएका छन् ।
यस्तै टोल विकास संस्था समन्वय समिति गठन तथा परिचालनसम्बन्धी निर्देशिका–२०७४, बुटवल उप–महानगरपालिकाको वडा नम्बर १४–१९ को भवन निर्माण तथा भू–उपयोग मापदण्ड–२०७४ र भवन निर्माणसम्बन्धी मापदण्ड–२०७४ पनि यसअघि नै पारित भइसकेको छ । पहिलो नगरसभाले आचार संहितासमेत पारित गरेको थियो । नगर कार्यपालिका कार्यालयका कर्मचारीहरुको आचारसंहिता–२०७४ र उप–महानगरपालिका पदाधिकारीहरुको आचारसंहिता–२०७४ पारित भइसकेको नगरपालिकाका प्रवक्ता रेग्मीले जानकारी दिए ।
बुटवल उप–महानगरपालिको संयोजकत्वमा अन्य स्थानीय तहहरुस“ग छलफल गरि संवैधानिक कार्यक्षेत्र र परिवर्तित सन्र्दभमा प्राप्त भएका जिम्मेवारी बमोजिम विभिन्न साझा तथा एकल ऐन कानून तथा कार्यविधिहरुको निक्र्यौल गर्दै कानून निर्माणसम्बन्धी कामको समेत कार्य विभाजन भइकेको नगरप्रमुख सुवेदीले जानकारी दिए ।