कांग्रेस लुम्बिनी संसदीय दलको नेतामा चौधरी सर्वसम्मत

मेचीकाली संवाददाता

१८ पुष २०७९, सोमबार
181 shares

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन भएका छन् । कांग्रेस संसदीय दलको बैठकले चौधरीलाई सर्वसम्मत नेता चयन गरेको कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

दलको नेताको लागि राजु खनाल, अब्दुल रज्जाक र वीरबहादुर रानाले दाबी गरेपनि चौधरी सर्वसम्मत चयन भएका हुन् । दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचीत भउका चौधरी हाल प्रदेश सभाको ग्रामीण, पर्यटन तथा शहरी बिकास मन्त्री छन् ।

यसअघि उनी प्रदेश सभाको लेखा समिति सभापति थिए । यसअघि नेकपा (एमाले) ले पनि हिजो नै लिला गिरीलाई दलको नेता चुनेको थियो । आज सोमवार प्रदेश सभाको पहिलो बैठक बस्दै छ ।