लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा भुसाल नियुक्त

मेचीकाली संवाददाता

१९ पुष २०७९, मंगलवार
162 shares

बुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालयको बोर्ड सदस्यमा कपिलवस्तुका नारायण प्रसाद भुसाल नियुक्त भएका छन् ।
मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भुसाललाई सदस्यमा नियुक्त गरेका हुन् । विश्वविद्यालयको कूलपति मुख्यमन्त्री र उपकूलपति शिक्षामन्त्री रहने व्यवस्था रहेको छ । मंसिर २९ गते कूलपतिको निर्णयअनुसार भुसाललाई नियुक्त गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्य ४ गौरवका आयोजनामा यो योजना प्रमुखताका साथ राखिएको छ । विश्वविद्यालय सञ्चालनका लागि साउन १६ गते उपकूलपतिमा रुपन्देहीका विनोद ढकाल तथा २० गते रजिष्टारमा रोल्पाका रेग भण्डारीलाई नियुक्त गरी काम अगाडि बढाएको छ । बाँकेको खजुरामा केन्द्रीय कार्यालय स्थापना गरी कार्य सञ्चालन गरिएको छ ।

निर्माण ब्यवसाय उद्योगसँग आवद्ध भुसाल सामाजिक क्षेत्र मा पनि त्यतिकै सक्रियताका साथ आगडी बढेका छन् । उनले यो जिम्मेवारलाई चुनौती र अवसारको रुपमा लिएको बताए । ‘मैले सोचेको जस्तो काम गरि विद्यालयलाई उत्कृष्ट बनाउन सकेमा म सफल हुनेछु भन्ने आत्माबिश्वासका साथ प्रण लिएको छु’, उनले भने ।