व्यूटीसिउन संघ बुटवलमा पुनः न्यौपाने

मेचीकाली संवाददाता

२० पुष २०७९, बुधबार
155 shares

बुटवल । नेपाल व्यूटिसियन संघ बुटवल उपमहानगर समितिको अधिवेशनले पुन: मनु न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको साधारण सभा तथा अधिवेशनवाट सर्बसहमतीमा नयाँ कार्यसमिति चयन भएको हो ।

विधान अनुशार कार्य समितिका ९ जना पदाधिकारी सदस्य निर्वाचित भएका छन् भने दुई जना सदस्य अध्यक्षले मनोनित गर्ने सघले जनाएको छ । संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष शान्ती शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले व्यवसायीक दक्षता र क्षमता बृद्धिका लागि संस्थागत एकता गर्दै रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा संघका प्रदेश अध्यक्ष विष्णु थापा, संघका जिल्ला अध्यक्ष रेणु कर्मचार्य, निर्वाचन संयोजक बिक्रम खड्का लगायतले बोलेका थिए । अधिवेशनवाट संघको उपाध्यक्षमा सरिता गिरी, सचिवमा लिल माया गुरुङ, कोषाध्यक्षमा गिता राना, सहसचिवमा सजना घिमिरे र सहकोषध्यक्षमा सिता थापा निर्वाचित भएका छन् ।

सदस्यहरुमा दुर्गा नेपाल, यमुना श्रेष्ठ, गौरीमाया सुवेदी लगायत निर्विरोध भएका छन् । निर्वाचित कार्य समितिलाई मुख्य निर्वाचन अधिकृत खड्काले प्रमाण पत्र वितरण गरेका थिए ।