समिपको अध्यक्षमा सुर्यनारायण यादव सर्वसम्मत

मेचीकाली संवाददाता

१ माघ २०७९, आईतवार
241 shares


तुलसीराम पौडेल —
सियारी, पौष ३०
रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित समीप बचत तथा ॠण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भयो ।सम्पन्न अधिवेशनले सुर्यनारायण यादवको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।जसको उपाध्यक्षमा कमल चौधरी ,सचिवमा नरेस्वर गौतम ,कोषाध्यक्षमा प्रतिमा नेपाल सर्वसम्मत निर्वाचित भएका छन् ।त्यसै गरि सदस्यहरुमा सन्जय गुप्ता ,वृजेश बनिया,रुकु लम्तरी ,गायत्री देवि उपाध्याय विमला नेपाल ,एकदेव सापकोटा ,सुदर्शन पौडेल सर्वसम्मत भएका छन् ।त्यसै गरि लेखा समिती संयोजकमा प्रकाश रेग्मी र सदस्यहरुमा माया भट्टराई र कृष्ण प्रसाद सुवेदी सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष माधव नेपालको वार्षिक प्रतिवेदन प्रस्तुत ,निवर्तमान कोषाध्यक्ष नरेस्वर गौतमको आर्थिक प्रतिवेदन प्रस्तुत ,लेखा समिति संयोजक भगवती नाउँको लेखा प्रतिवेदन प्रस्तुत रहेको थियो ।
सहकारीका निवर्तमान अध्यक्ष माधव नेपालको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता, सियारी गाउँपालिका वडा -६ का अध्यक्ष शेरबहादुर गुरुङ एवं कृषि सामाग्री संस्था भैरहवाका प्रमुख गणेश घिमिरेको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुद्दोधन बचत तथा ॠण सहकारीका कार्यबाहक अध्यक्ष कृष्ण नेपाल ,भृकुटी कृषि सहकारीका अध्यक्ष अविराम विक ,नारी एकता महिला विकासकी अध्यक्ष हुमाकान्ती भुर्तेल ,उत्तम महिला कृषि सहकारीकी अध्यक्ष बिष्णु कुमारी क्षेत्री ,सहकारीका संस्थापक सल्लाहकार ध्रुब नेपाल ,मथुरा यादव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
निवर्तमान उपाध्यक्ष सुर्यनारायण यादवको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन केशव अधिकारीले गरेका थिए ।