शुद्दोधन गाउँपालिकामा रास्ट्रपति कप छनौट प्रतियोगिता शुरु

मेचीकाली संवाददाता

४ माघ २०७९, बुधबार
322 shares


तुलसीराम पौडेल —
फर्साटिकर, माघ ४
रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर माविको खेलमैदानमा रास्ट्रपति कप छनौट प्रतियोगिता -२०७९ बुधबार शुरु भयो ।शुद्दोधन गाउँपालिका शिक्षा शाखाको आयोजनामा रास्ट्रपति कप छनौट प्रतियोगिता शुरु भएको हो ।शुद्दोधन गाउँपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्यालले एक कार्यक्रमका बीच रास्ट्रपति कपको उदघाटन गर्नुभयो ।
सो अवसरमा बिश्वमा चिनिने माध्यम भनेको खेलकुद नै भएको बताउनु भयो ।शुद्दोधन गाउँपालिकामा सबै वडाहरुमा खेलकुद कार्यक्रम गर्नुपर्ने र खेलकुदमा विद्यालयका बच्चा साथसाथै बाहिरकालाई पनि सहभागी गराउनुपर्नेमा गाउँपालिका अध्यक्ष बस्यालको जोड थियो ।कार्यक्रममा शुद्दोधन गाउँपालिका वडा नम्बर -२ का वडा अध्यक्ष कमल खड्का ,शिक्षक महासघ रुपन्देहीका सचिव लिलाधर न्यौपाने ,भगलापुर मावी व्यवस्थापन समितिका अध्यक्ष मोती थापा ,भगलापुर माविका प्रधानाध्यापक कृष्ण प्रसाद भुसाल ,शुद्दोधन खेलकुद विकास समितिका संयोजक मुकेश कुवर लगायतले बोल्नुभएको थियोे ।
रास्ट्रपति कप छनौट प्रतियोगिता दुई दिन सम्म चल्ने छ। प्रतियोगितामा सामुदायिक र सस्थागत गरि १७ विद्यालयले भाग लिएका छन् ।प्रतियोगिता अन्तरगत मावी १०० मिटर छात्र छात्रा दौड ,४०० मिटर मावी छात्र छात्रा दौड ,१०० मिटर निमावि छात्र छात्रा दौड ,४०० मिटर दौड निमावि छात्र छात्रा दौड ,शटपुट मावी छात्र छात्रा,लङजम्प निमावि छात्र छात्रा ,भलिबल मावी छात्र ,हाइजम्प मावी छात्र छात्रा लगायत रहेका छन् ।
बिहीबार कार्यक्रम समापन हुने शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले बताउनुभयो ।
शुद्दोधन गाउँपालिका वडा नम्बर -४ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता केशव अधिकारीको अध्यक्षता, गाउँ पालिका प्रमुख बिस्णु बस्यालको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्माले गर्नुभएको थियो ।