बुटवल, । पाँच नम्बर प्रदेशको बजेट पारित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले विनियोजन विधयेक पारित गरेको हो ।
प्रदेशसभा नियमावली–२०७४ को नियम १३३, उपनियम ९१२० बमोजिम प्रदेश नं ५ प्रदेश सरकारको आर्थिक २०७४÷०७५ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
सरकारले प्रस्तुत गरेको १ अर्ब २ करोड पाँच लाखको बजेट प्रस्तुत गरेको थियो । बजेटमाथि दुई दिन छलफलपछि पारित गरिएको हो ।
छलफलमा भाग लिँदै सांसदहरुले बजेट छोटो अवधिका आएको बजेटले धेरै कुराहरू समेट्न नसकेको बताएका थिए । कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले पर्यटकीय सम्भाव्यता भएको क्षेत्रलाई बजेटले सम्बोधन गर्न नसकेको बताए ।
सांसद इन्द्रप्रसाद खरेलले बजेट सानो घेराबाट आएको आरोप लगाए । संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डेले भौतिक पूर्वाधारमा कुल बजेटको १५ प्रतिशत बजेट खर्च गर्न माग गरे ।
सदस्य कृष्ण न्यौपानेले लुम्बिनीसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्रामको सन्तुलित विकासले नै समृद्धिको आधार खडा गर्ने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्यले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले वित्तीय आयोग गठन गरेर राजस्व बाडफाँट गर्नुपर्ने औँल्याए ।
बजेट पारित
