तिलोत्तमा अंग्रेज़ी मा.विको २५ औ वार्षिकोत्सब

मेचीकाली संवाददाता

१२ माघ २०७९, बिहीबार
421 shares

तुलसीराम पौडेल
फर्साटीकर , माघ १२
रुपन्देहीको शुद्धोधन गाउँपालिका – ४ सौ फर्साटीकर स्थित तिलोत्तमा अंग्रेज़ी मा.विको २५ औ वार्षिकोत्सब बिहिवार सम्पन्न भयो।
शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले वार्षिकोत्सबको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले तिलोत्तमा अंग्रेज़ी मा.विले शिक्षाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
कार्यक्रममा शैक्षिक सत्र २०७८ को ऐकेडेमीक पुरस्कार वितरण गरिएको थियो। त्यसै अवसरमा विद्यालयका पूर्व अध्यक्ष, पूर्व शिक्षक एवम कार्यरत शिक्षकहरुलाई सम्मान गरिएको थियो।
विद्यालयका अध्यक्ष यामप्रसाद गैरेको अध्यक्षता, शुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शुद्धोधन गाउँपालिका शिक्षा शाखा प्रमुख चन्द्रकान्त पौडेल, फर्साटीकर मा.विका अध्यक्ष नर बहादुर घर्ती, तिलोत्तमा अंग्रेज़ी मा.विका संस्थापक अध्यक्ष शेर बहादुर काफ्ले, प्याब्सन रुपन्देहीका उपाध्यक्ष कुलराज शर्मा, शुद्धोधन वडा न. ४ का वडा अध्यक्ष केशव अधिकारी, अभिभावकहरु दामोदर पङगेनी, हेमन थापा , देवी सापकोटा, चिन्तामणी खरेल लगायतले शुभाकामना मन्तव्य दिएका थिए।
विद्यालयका सदस्य पिताम्वर खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रम विद्यालयका विद्यालयका प्राचार्य बिष्णु प्रसाद न्यौपानेले संचालन गर्नुभएको थियो ।