साधनामा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघ गठन

मेचीकाली संवाददाता

१३ माघ २०७९, शुक्रबार
271 shares

बुटवल । साधना महिला विद्यालय बुटवल–६ को विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार भएको अभिभावक भेलाले मोतिलाल जैसी पौडेलको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

समितिको सदस्यहरुमा लोकनाथ न्यौपाने, विष्णुप्रसाद चौधरी, बसन्ती थापा, खिमबहादुर सावद, नन्जिता पछाई घिमिरे, पवित्रा केसी, शिक्षक प्रतिनिधि विष्णु केसी र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक विष्णु कुमारी गौतम रहेकी छन् ।

त्यस्तै विद्यालय अभिभावक संघ पनि गठन गरिएको छ । खिमबहादुर रायमाझीको अध्यक्षतामा ११ सदस्यी अभिभावक संघ गठन गरिएको विद्यालयले जानकारी दिएको छ । साधना स्कूलमा आमाहरु पढ्ने गर्छन ।