एसईई परीक्षा चैत १७ गतेदेखि (तालिकासहित)

मेचीकाली संवाददाता

१४ माघ २०७९, शनिबार
457 shares

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा–२०७९ को तालिका शनिबार सार्वजनिक गरेको छ ।

बोर्डको ११ गतेको निर्णय अनुसार एसईई परीक्षा चैत १७ गते देखि चैत २९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

तालिका अनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।