रेप्सा महोत्सव २०७९ अन्तरगत विभिन्न प्रतियोगिता

मेचीकाली संवाददाता

२६ माघ २०७९, बिहीबार
364 shares


तुलसीराम पौडेल –
फर्साटिकर, माघ २५
राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय संगठन रेप्सा रुपन्देहीको आयोजनामा माघ २४ गतेदेखि संचालित रेप्सा महोत्सव २०७९ अन्तरगत बुधबार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छ्न ।बुधबार सम्पन्न आधारभुत तह तर्फ १०० मिटर दौड छात्रा प्रतियोगिता अन्तरगत रोजबड एकेडेमीकि सिमरन चौधरी पहिलो ,तिलोत्तमाकी अनुश्का भुसाल दोस्रो र सन्तज्योतीकी राधिका यादव तेस्रो भएकी छिन् ।सम्पन्न आधारभुत तहको ४०० मिटर दौड छात्रा तर्फ तिलोत्तमापकी एन्जल गैरे प्रथम ,शुद्दोधन इङलिसकी प्रतिमा पाण्डे दोस्रो र रोजवड एकेडेमीकी जिया थारु तेस्रो भएकी छिन ।आधारभुत तह हाइजम्प प्रतियोगिता छात्रा तर्फ शुद्दोधनकी चाद थारु पहिलो ,नेपाल एभरग्रीनकी सदिक्षा पाण्डे दोस्रो र तिलोत्तमाकी एन्जिला आचार्य तेस्रो भएकी छिन । सम्पन्न आधारभुत तहकै लङ्गजम्प छात्रा तर्फ शुद्दोधनकी चाद थारु प्रथम ,रोजवडकी जिया थारु दोस्रो र ज्ञानपुन्जकी मनिषा खड्का तेस्रो भएकी छिन ।आधारभुत तह लङ्गजम्प छात्र प्रतियोगिता अन्तरगत गणेश ज्ञानज्योतीका विक्की परियार प्रथम ,तिलोत्तमाका करन चौधरी द्वितीय र भुजौलीका अमित चौधरी तेस्रो भएका छन् ।प्राथमिक तह लङ्गजम्प छात्र प्रतियोगितामा रोजवड एकेडेमीका आकाश केवट पहिलो ,तिलोत्तमाका भेषराज चौधरी दोस्रो र ज्ञानपुन्जका उज्ज्वल ठकुरी तेस्रो भएका छन् । प्राथमिक तहमै लङ्गजम्प छात्रातर्फ तिलोत्तमाकी रिया चौधरी प्रथम ,शुद्दोधनकी अन्किता चौधरी द्वितीय र ज्ञानपुन्जकी अस्मि ठकुरी तेस्रो भएकी छिन ।प्राथमिक तह हाइजम्प प्रतियोगिता छात्रा तर्फ तिलोत्तमाकी दिप्ती चौधरी पहिलो ,शुद्दोधनकी अन्किता थारू दोस्रो र नेपाल एभरग्रीनकी शारदा ज्ञवाली तेस्रो भएकी छिन् ।माध्यमिक तह १०० मिटर दौड छात्रा तर्फ रोजवडकी स्नेहा चौधरी पहिलो ,शुद्दोधनकी प्राची कुवर दोस्रो र तिलोत्तमाकी जोनिशा क्षेत्री तेस्रो भएकी छिन् ।छात्रा माध्यमिक तह ४०० मिटर दौड अन्तरगत तिलोत्तमाकी शिक्षा क्षेत्री पहिलो ,रोजबडकी स्नेहा चौधरी दोस्रो र ज्ञानपुन्जकी ज्ञानमती केवट तेस्रो भएकी छिन ।१५०० मिटर दौड छात्र तर्फ रोजवड एकेडेमीका सचिन कुर्मी पहिलो ,फर्साटिकर सिद्दार्थका रोमन बनिया दोस्रो र भुजौली इङलिसका कृष्ण थापा तेस्रो भएका छन् ।प्राथमिक तह १०० मिटर दौड छात्रा तर्फ रोजबड एकेडेमीकी साधना थारु पहिलो ,सस्कार इङलिस स्कुलकी प्रश्ना विस्ठ दोस्रो र तिलोत्तमाकी रिया चौधरी तेस्रो भएकी छिन ।प्राथमिक तह २०० मिटर दौड छात्र तर्फ सस्कारका राजन पासवान पहिलो ,रोजवडका आकाश केवट दोस्रो र तिलोत्तमाका रोमित सुनार तेस्रो भएका छन् ।प्राथमिक तह २०० मिटर छात्रा दौड तर्फ रोजवडकी साधना थारु पहिलो ,तिलोत्तमाकी रिचा चौधरी दोस्रो र सस्कारकी प्रश्ना बिस्ठ तेस्रो भएकी छिन ।१०० मिटर दौड प्राथमिक छात्र तर्फ रोजवडका साहिद खान पहिलो ,फर्साटिकर सिद्दार्थका अमन थारु दोस्रो र सस्कार इङलिस स्कुलका कृष्ण जयवाल तेस्रो भएका छन् ।

शैक्षिक महोत्सव अन्तगत माघ २४ गते सम्पन्न ५०० मिटर दौड छात्र तर्फ रोजबड एकेडेमीका रचिन कुर्मी पहिलो ,तिलोत्तमाका निरज खड्का दोस्रो र ज्ञानपुन्जका अनिष विक तेस्रो भएका छन् । माध्यमिक छात्रा लमजङ तर्फ तिलोत्तमाकी शिक्षा क्षेत्री पहिलो ,फर्साटिकर सिद्दार्थकी दिब्या डुम्रे दोस्रो र शुद्दोधन इङलिसकी प्रतिमा पाण्डे तेस्रो भएकी छिन् ।सम्पन्न शटपुट माध्यमिक तह छात्रातर्फ तिलोत्तमाकी गङ्गा चौधरी पहिलो ,रोजवडकी विकु रुम्बा दोस्रो र फर्साटिकर सिद्दार्थकी दिव्या पाण्डे तेस्रो भएकी छिन ।शटपुट माध्यमिक तह छात्र तर्फ ज्ञानपुन्जकी समित कुवर प्रथम ,तिलोत्तमाका क्षितिज सुवेदी दोस्रो र सन्तज्योतीका भुवन थारु तेस्रो भएका छन् ।सम्पन्न माध्यमिक तह ज्याभलिङ्ग थ्रो छात्र तर्फ तिलोत्तमाका प्रविन मल्लाह पहिलो ,सस्कार इङलिस बोर्डिङका सौरभ थापा दोस्रो र फर्साटिकर सिद्दार्थका सिखर चौधरी तेस्रो भएका छन् ।ज्याभलिङ्ग थ्रो माध्यमिक तह छात्रा तर्फ तिलोत्तमाकी दिया सुवेदी पहिलो ,फर्साटिकर सिद्दार्थकी दिया पाण्डे दोस्रो र सस्कार इङलिस बोर्डिङ स्कुलकी अनिता यादव तेस्रो भएकी छिन ।शैक्षिक महोत्सव माघ २७ गते विविध कार्यक्रम सहित समापन हुने रेप्सा रुपन्देहीका सचीव कृष्ण गौतमले जानकारी दिनुभयो ।