रेप्सा महोत्सवमा विभिन्न प्रतियोगिताहरु

मेचीकाली संवाददाता

२७ माघ २०७९, शुक्रबार
257 shares


तुलसीराम पौडेल —
फर्साटिकर, माघ २६
राइजिङ्ग अङ्ग्रेजी निजी विद्यालय सङ्गठन रेप्सा रुपन्देहीद्वारा माघ २४ गतेदेखि संचालित रेप्सा महोत्सव २०७९ अन्तरगत माघ २६ गते बिहीवार विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।सम्पन्न आधारभुत तह २०० मिटर दौड छात्रा अन्तरगत रोजबडकी सिमरन चौधरी पहिलो , शुद्दोधनकी प्रीन्सा कवर दोस्रो र तिलोत्तमाक्री अनुशा भुसाल तेस्रो भएकी छिन ।सम्पन्न आधारभुत तह ४०० मिटर दौड छात्रमा तिलोत्तमाका प्राचीन कला खेती पहिलो ,गणेश ज्ञान् ज्योतीका लिल बहादुर मुराउ दोस्रो र फर्साटिकर सिद्दार्थका रोमन बनिया तेस्रो भएका छन् ।आधारभुत तहमै हाइजम्प आधारभुत छात्र तर्फ गणेश ज्ञानज्योतिका किरण घिमिरे पहिलो ,सस्कारका दिपक यादव दोस्रो र शुद्दोधनका बिष्णु थारु तेस्रो भएका छन् ।आधारभुत तह छात्रा ४*१०० मिटर दौडमा रोजबडकी सिमरन चौधरी प्रथम ,शुद्दोधनकी प्रतिमा पाण्डे दोस्रो र सस्कारकी बर्षा शर्मा तेस्रो भएकी छिन ।माध्यमिक तह लङ्गजम्प छात्र अन्तरगत ज्ञानपुन्जका सुरज गुप्ता पहिलो ,गणेश ज्ञानज्योतीका मनोज थापा दोस्रो र सन्तज्योतीका आकाश थारु तेस्रो भएका छन् ।प्राथमिक तह २०० मिटर छात्रा अन्तरगत रोजबडकी साधना थारु पहिलो ,तिलोत्तमाकी रिया चौधरी दोस्रो र सस्कारकी प्रसन्न विस्ठ तेस्रो भएकी छिन भने छात्र अन्तरगत सस्कारका राजन पासवान पहिलो ,रोजवडका आकाश केवट दोस्रो र तिलोत्तमाका रमित सुनार तेस्रो भएका छ्न । माध्यमिक तह १०० मिटर दौड छात्र अन्तरगत ज्ञानपुन्जका हिमेश चौधरी पहिलो ,सस्कारका अर्जुन नाउ दोस्रो र शुद्दोधनका कृष्ण घिमिरे तेस्रो भएका छन् ।माध्यमिक तहमा नै २०० मिटर छात्रा दौडमा तिलोत्तमाकी शिक्षा क्षेत्री पहिलो ,फर्साटिकर सिद्दार्थका दिया पाण्डे दोस्रो र नेपाल एभरग्रीनकी रन्जिता घिमिरे तेस्रो भएकी छिन् ।त्यसै गरि ४०० मिटर दौड छात्र अन्तरगत रोजबडका सचिन कुर्मी पहिलो ,ज्ञानपुन्जका सुशान्त कवर दोस्रो र तिलोत्तमाका सन्दिप चौधरी तेस्रो भएका छन् ।हाइजम्प छात्रा अन्तरगत शुद्दोधनका मनिशा थारु पहिलो ,युनाइटेडकी सलिना मगर दोस्रो र रोजबडकी विपना अधिकारी तेस्रो भएकी छिन ।हाइजम्प छात्र अन्तरगत रोजबडका विकास यादव पहिलो ,गणेश ज्ञानज्योतीका राहुल खत्री दोस्रो र नेपाल एभरग्रीनका आकाश थारु तेस्रो भएका छन् ।
रेप्सा महोत्सव शुक्रबार विभिन्न खेलप्रतियोगिता एवं नृत्य प्रतियोगिता सहित समापन हुने आयोजकले बताएका छ्न ।