महिला तथा बालबालिकाको कार्यालय पुनरस्थापना गर्ने प्रतिबद्धता

मेचीकाली संवाददाता

२७ माघ २०७९, शुक्रबार
267 shares

सुनिल आचार्य

कपिलवस्तु । संघियताले खारेज गरेको महिला तथा बालबालिकाको कार्यालयलाई पुनर स्थापना गर्ने राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्ण कुमारी पौडेल खतिवडाले प्रतिवद्धता जनाउनु भएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षता भएको छलफल तथा अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो ।

नेपाल सरकार र संघियताले खारेज गरेको महिला तथा बालबालिकाको कार्यालयलाई पुनर स्थापना गर्न लागि आयोग लागि परेको खातिवडाले बताउनु भयो । निर्णायक स्थानमा महिलाहरुको सहभागिता नहुँदा महिलाहरुको बिभिन्न सवालहरुमा सुनुवाई हुन नसकेको दाबि गर्नुभयो । उहाँले महिला आयोगले बोलेका कुराहरु संचारकर्मीहरुले जस्ताको त्यस्तै लेख्न आग्रह गर्नुभयो । देशमा राजनितीक दलहरु आफूले बनाएको निती आफूलेले पालना नगर्नु दलको कमजोरी देखिएको दावि गर्नु भयो ।

मुश्लिम आयोगका सदस्य मिर्जा अरसद बेगले मुश्लिम महिलाहरुको अधिकारको क्षेत्रमा आवाज उठान गर्न आयोगमा महिलाको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रेम बहादुर बस्नेतले हिंसाको मुख्य जडलाई चिर्न सबै सरोकारवालाहरु एकजुट हुन आवश्यक भएको बताउनु भयो ।

यस्तै यस जिल्लामा बिद्मानको रुपमा रहेका घरेलु हिंसा , लैंगिक विभेद , नागरिकता , विवाह दर्ता , जनम दर्ता , वाल विवाह , दाईजो प्रथा , छुवाछुत र बढ्दो आत्महत्या लगाएतका घटनाहरुलाई न्यूनिकरण गर्नकालागि जिल्लाका सम्पूर्ण पालिकाहरु न्याय सम्पादनका लागि सक्रिय हुन आवश्यक भएको बरिष्ठ महिला मानव अधिकारकर्मी पुष्पा रेग्मीले बताउनु भयो । महिला आयोग सबैको सहज र पौंचकालागि स्थापना हुनुपर्ने उहाँको भनाई छ ।

यसैगरी माहुरी होमका बरिष्ठ उपाध्यक्ष राम दयाल ठाकुरले न्यायीक समितीबाट न्याय सम्पादनका लागि न्यायीक समितीलाई सक्रिय बनाउन राष्ट्रिय महिला आयोगको अनुगमन हुन जरुरी भएको बताउनु भयो ।

यसैगरी इन्सेक जिल्ला प्रतिनिधी पार्वती आचार्य , फातिमा फाउण्डेसनका अध्यक्ष रुपैया खातुन , ओरेक नेपालका संगिता चौरासिया , डिआरएससीसीका अध्यक्ष मायाँ ज्ञवाली , साथी संस्थाका प्रमुख बिमला घिमिरे लगाएतले लैगिंक हिंसामा परेका किशोरी , महिला , एकल महिला , तेश्रो लिंगिं , आपांगता भएका महिलाहरुको समस्याहरुको समाधानकालागि महिला आयोगले ठोस निती ल्याउन सुझाव दिएका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेल , जिल्ला न्यायाधीवक्ता प्रकाश मरासिनी , जिल्लाका सुरक्षा निकायका प्रमुखहरु , महिला बालबालिका शाखा प्रमुख सरोजा चौधरी , महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने क्रियासिल बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु , मानव अधिकारकर्मीहरु , नेपाल पत्रकार महासंघका प्रतिनिधीहरु बिच कपिलवस्तु जिल्लामा महिला र बालबालिकाको बिद्मान अवस्था र समस्याहरुको पहिचान र न्यूनिकरण लगाएको बिषयमा बृहत छलफल भएको छ ।

अन्तरक्रिया तथा छलफलमा महिला हिंसाका घटनाहरु घट्न नदिन सबै सरोकारवाला निकायहरुबाट गरिदैं आएको कार्यहरुलाई थप प्रभावकारी तुल्याई जोखिममा रहेका महिलाहरुको सुरक्षाको सम्बन्धमा छलफल गरएको थियो । यस्तै बाल विवाह , बहुविवाह र अनमेल विवाहलाई समयमा नै सचेत रही आगामी दिनमा यसलाई रोक्न जिल्लाका सम्पूर्ण स्थानियतहहरुलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।