लिटल फ्लावर्समा खेल महोत्सव तथा खाना महोत्सव सम्पन्न

मेचीकाली संवाददाता

२९ माघ २०७९, आईतवार
279 shares


तुलसीराम पौडेल —
फर्साटिकर, माघ २८

रुपन्देहीको शुद्दोधन गाउँपालिका -४ सौ फर्साटिकर स्थित लिटल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयको आयोजनामा संचालित खेल महोत्सव तथा खाना महोत्सव ,पुरस्कार वितरण विभिन्न सास्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ। शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले समापन कार्यक्रमको उदघाटन गर्नुभयो ।सो अवसरमा उहाँले लिटल फ्लावर्स अङ्ग्रेजी माविले ग्रामीण क्षेत्रमा रास्टको शैक्षिक कार्यक्रमको लागि विशेष महत्त्वपूर्ण योगदान रहेकोे उल्लेख गर्नुभयो।
साथै उहाले गाउँपालिकाको समग्र शैक्षिक विकासको लागि निजी शैक्षिक संस्थाहरुसग सहकार्य गरेर अगाडि बढिने बताउनु भयो। कार्यक्रमको खाना महोत्सव अन्तरगत विद्यार्थीहरुले विभिन्न प्रकारका खाना प्रदर्शन गरेका थिए । विद्यालयका उत्कृष्ट विद्यार्थीलाई सम्मान एवं खेल महोत्सवका विभिन्न प्रतियोगिताका प्रथम ,दोस्रो र तेस्रो हुनेलाई पुरस्कार वितरण गरिएको थियोे ।
कार्यक्रममा विद्यालयकी प्राचार्य विद्यालयको गतिविधि वारे प्रकाश पार्नुभएको थियो ।
विद्यालयका अध्यक्ष पानकुमार फौदारको अध्यक्षता, शुद्दोधन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता, शुद्दोधन गाउँपालिका प्रवक्ता तथा वाड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी शेरबहादुर काफ्ले ,सोमनाथ शर्मा ,ढुण्डिराज भण्डारी अभिभावकहरु कृष्ण काफ्ले ,नन्द बहादुर क्षेत्री ,सुनिता थापा र कक्षा -१० का विद्यार्थी रितिका लम्साल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
विद्यालयका सह प्राचार्य इन्द्र बहादुर क्षेत्रीको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको संचालन नेपाली शिक्षक नारायण खरेलको संयोजनमा कक्षा ६ का विद्यार्थी समर्थ फौदार ,अभिलाषा पाण्डे र परिषा बस्नेतले गर्नुभएको थियो ।