फर्साटीकर सिद्धार्थमा स्टुडेन्ट डे २०७९

मेचीकाली संवाददाता

१ फाल्गुन २०७९, सोमबार
203 shares


तुलसीराम पौडेल
फर्साटीकर, फाल्गुन १
रुपन्देहीको शुद्धोधन गाउँपालिका – ४ सौ फर्साटीकर स्थित फर्साटीकर सिद्धार्थ ई. बोर्डिङ स्कुलमा `स्टुडेन्ट डे २०७९´ कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको अन्तरनिहित क्षमताको अभिवृद्धि प्रस्फुटन र नवीनतम क्षमताको विकास हुने विश्वास लिएको कुरा विद्यालयका सहायक प्रधानाध्यापक राजन पौडेलले बताउनुभयो।
कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरुले Rhymes कविता, speech, गायन, संगीत र नृत्य विधामा विभिन्न प्रतिभा देखाएका थिए। कार्यक्रममा Percussion Band को प्रस्तुती समेत रहेको थियो। त्यसै अवसरमा वर्षभरी संचालन गरिएका शुक्रबार अतिरिक्त क्रियाकलापका विजेता लगायतलाई स्वर्ण पदक र कास्य पदकले सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष सालिकराम अर्याल र विशिष्ट अतिथी शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नं ४ का अध्यक्ष केशव अधिकारीले विभिन्न विधाका ६०-६० भन्दा बढी पदक वितरण गर्नुभएको कुरा अतिरिक्त क्रियाकलाप संयोजक आशिष पौडेलले जानकारी दिनुभयो।
नृत्य शिक्षक दुर्गा रानाको कोरियोग्राफीम भएका नृत्य, शिक्षक जमुना पौडेलको निर्देशनमा वक्तृत्वकला, संगीत शिक्षक सगुन सुनारको निर्देशनमा संगीतका कार्यक्रम, शिक्षक मोना पराजुलीको निर्देशनमा Speech लगायत विविध कार्यक्रमहरुले कार्यक्रमलाई आकर्षक र फलदायी बनाएको थियो।
आइपी ब्याच – २०७९ को लिडरसीप एवं कक्षा-९ का विद्यार्थी सना थारुको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम अर्यालको प्रमुख आतिथ्यता, शुद्धोधन गाउँपालिका प्रवक्ता एवं वडा नम्बर – ४ का वडा अध्यक्ष केशव अधिकारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको संचालन विद्यार्थी दिया पाण्डे र प्रकृति पाण्डे रहनु भएको छ भने सहायक संचालकहरुमा कक्षा – २ का अर्नव पौडेल, कक्षा – ३ का दिप्सन सुवेदी र सिजु कुवँर, कक्षा – ४ का अविरल पौडेल र नव्या खनाल, कक्षा – ५ का आदित्य खनाल र सुमिना कुवँर, कक्षा – ६ का अदित खनाल र महिमा चौधरी रहनुभएको छ।