सामसङको ग्यालेक्सी एस २३ सिरिज नेपाली बजारमा, मूल्य कति ?

मेचीकाली संवाददाता

१ फाल्गुन २०७९, सोमबार
253 shares

बुटवल । सामसङले अत्यन्त चासोका साथ प्रतिक्षा गरिएको आफ्नो सबैभन्दा उत्कृष्ट स्मार्टफोन, सामसङ ग्यालेक्सी एस२३ नेपालमा भित्राएको छ।उक्त स्मार्टफोनलाई काठमाडौंको बौद्धस्थित हायात होटलमा एक कार्यक्रमबीच सार्वजनिक गरेको हो।

ग्यालेक्सी एस२३ सिरिजका ग्यालेक्सी एस२३, ग्यालेक्सी एस२३प्लस र ग्यालेक्सी एस२३ अल्ट्रा मोबाइलहरुको अन्भेल सामसङका सहउपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणयरत्न स्थापित, अभिनेता अनमोल केसी र मिस नेपाल–२०२२ की विजेता प्रियंकारानी जोशीले संयुक्त रुपमा सार्वजनिक गरेका थिए।

सामसङका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘ग्यालेक्सी एस२३ सिरिजमा हरेक फोटो अतुल्य बनाउन, ग्यालेक्सी एस२३ अल्ट्रामा नयाँ २०० मिलियन पिक्सल क्यामराका साथ हाम्रो सबैभन्दा उत्कृष्ट मोबाइल प्रविधि जडित छ, जसले तपाईंको संसारलाई शार्पर फोकसमा ल्याइदिन्छ। यसमा भएको अत्यन्त शक्तिशाली स्न्यापड्रागन ८ जेन २ ले दिने गेमिङ्ग एक्सपेरियन्सलाई कसैले मात दिन सक्दैन। हामी नेपालमा ग्यालेक्सी एस२३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं, जुन एक अल्तिमेट प्रिमियम स्मार्टफोन हो, जसले ग्राहकलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ।’

ग्यालेक्सी एस२३ स्मार्टफोनहरु यसभन्दा अघि कहिल्यै नगरिएको प्रिमियम एकस्पेरियस्का लागि डिजाइन गरिएका छन्। ग्यालेक्सी एस२३ सिरिजमा असाधारण क्षमताका क्यामराहरु जडान गरिएका छन्। जसले ग्राहकलाई कुनैपनि लाइटिङमा फोटो र भिडियो खिच्नका लागि अगाडि र पछाडिको दुवै क्यामरा प्रयोग गर्न मिल्छ। फ्युचर–रेडी मोबाइल गेमिङ्गको अनुभव दिलाउँछ। यो एको फ्रेन्ड्ली डिभाइस हो, जसको निर्माणमा पहिलेको भन्दा दुई गुणा बढी रिसाइक्लेड गरिएका सामग्री प्रयोग भएको छ।

सामसङले ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को नेपालमा प्रिबुकिङ पनि खुलाएको छ। ‘प्रिअर्डर अफर फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछ’, सामसङले हालै जारी गरेको विज्ञप्तिमा भनिएको छ।

ग्यालेक्सी एस २३ अल्ट्रा (१२÷जीबी)को मूल्य नेपाली बजारमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ। यस्तै, एस २३ प्लस (८÷२५६ जीबी)को १ लाख ५१ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी एस २३ (८÷२५६ जीबी)को १ लाख २७ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको छ।

सामसङ ग्यालेक्सीमा भएको सबैभन्दा एपिक क्यामेराले प्रयोगकर्ताहरूलाई आफ्नो रचनात्मकता अन्वेषण गर्न अझ बढी स्वतन्त्रता प्रदान गर्ने कम्पनीको दाबी छ। साथै परिवर्तनकारी एआईका रुपमा नाइट्रोग्राफी भिडियो खिच्न पनि सकिने छ।

ग्यालेक्सीमा रहेको स्न्यापड्रागन ८ जेन २ चिपस चिपसेटका साथ उपलब्ध मोबाइल गेमिङ अनुभवमा शक्तिशाली रहेको दाबी कम्पनीले गरेको छ।