मानव अधिकार समूह कपिलवस्तुद्वारा नगरप्रमुखलाई ध्यानाकर्षण

मेचीकाली संवाददाता

१ फाल्गुन २०७९, सोमबार
219 shares

कपिलवस्तु । इन्सेकसँग आबद्ध मानव अधिकार समूहले कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । समूहकी अध्यक्ष पुस्पा रेग्मीको संयोजकत्वमा माघ २९ गते कपिलवस्तु नगरपालिका वडा नं. ११ जहदीस्थित श्याम आधारभूत विद्यालयमा स्थलगत अनुगमन गर्दा देखिएका समस्याहरुको पहिचान गरी २९ गते नै नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

इन्सेक, मानव अधिकार समुहले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल अभियानअन्तर्गत विद्यालयकोे अनुगमन गर्दा २ सय ६४ जना बिद्यार्थीहरुले पठनपाठन गर्दै आएको विद्यालयमा भौतिक पूर्वाधार जिर्ण आवस्थामा रहेको पाइयो । २०१७ सालमा स्थापना भएको विद्यालयको अवस्था एकदमै नाजुक देखियो ।

साथै शुद्धपिउने पानीको अभाव, नागरिक बडापत्र नभएको , शौचालयको अभाव, अफिसको व्यवस्थापन स्तरीय नभएको, पानीपर्दा र घाम लाग्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको अनुगमनका क्रममा विद्यालयमा देखिएका समस्याहरुको पहिचान गरी नगरपालिकालाई ध्यानाकर्षण गराइएको हो

नगरप्रमुख सुदिप पौडेलले ध्यानाकर्षणपत्र बुझ्दै सम्बन्धित शाखासंग समन्वय गरी विभिन्न समस्याहरुलाई आवश्यकता अनुसार क्रमिक रुपमा समाधान गर्दै जाने प्रतिवद्धता जनाए । नागरपालिकाले समस्या भएको ठाउँमा स्थलगत अनुगमन गरी समाधानको प्रक्रिया अगाडी बढाउने छ । उनले यस नगरपालिकामा रहेका ५२ वटा सामुदायिक विद्यालयहरुमा कुनै अभिभावकहरुबाट शुल्क नलिने निर्णण भएको बताउँदै अननुगमन गर्ने र देखिएका समस्याहरुलाई समाधान गर्ने बताए ।