तिनाउ खेल महोत्सवमा सिनियर तथा जुनियर तहका खेलहरु सम्पन्न

मेचीकाली संवाददाता

३ फाल्गुन २०७९, बुधबार
109 shares

बुटवल । तिनाउ खेल महोत्सव–२०७९ अन्तर्गत बुधबार सिनियर तथा जुनियर तहका खेलहरु सम्पन्न भएका छन् । सिनियरतर्फ कक्षा ८, ९, १० को छात्र १०० मिटर दौडमा कक्षा १० होपका समिर बम्रेल प्रथम, कक्षा ८ होपका सजिज बुढाथोकी द्वितीय र कक्षा ९ फेथका सुजन राना तृतीय भएका छन् ।

छात्र २०० मिटर दौडमा कक्षा ९ होपका बिकास गहतराज प्रथम, कक्षा ८ होपका सजिज बुढाथोकी द्वितीय र कक्षा १० फेथका पवन थापा तृतीय भएका छन् । छात्रा १०० मिटर दौडमा कक्षा ९ फेथकी सिम्रन श्रेष्ठ प्रथम,कक्षा ९ फेथकी रन्जना गाहा द्वितीय र कक्षा १० फेथकि सायेना रम्तेल तृतीय भइन् । सोही समूहतर्फ भएको छात्रा २०० मिटर दौडमा कक्षा ९ फेथकी अस्मिना भण्डारी प्रथम, कक्षा ९ फेथकि सृजना बुढाथोकी द्वितीय र कक्षा ९ फेथकी रन्जना गाहा तृतीय भइन् ।

छात्रतर्फको हाइजम्प खेलमा कक्षा १० होपका समीर बम्रेल प्रथम, कक्षा ९ होपका सुगम विक द्वितीय र कक्षा ९ फेथका ऋषि विक तृतीय भए । छात्रा हाइजम्पमा कक्षा ९ फेथकी प्रज्ञा कठायत प्रथम, कक्षा १० फेथकि पूर्णिमा गुरुङ द्वितीय र कक्षा ९ होपकी सुप्रिया पुन तृतीय भइन् । छात्रा तर्फबाट भएको लङजम्पमा कक्षा ९ फेथकी प्रज्ञा कठायत प्रथम, कक्षा ८ होपकी भुमिका सारु द्वितीय र कक्षा १० फेथकी सायना रम्तेल तृतीय भएकी छिन् । छात्रतर्फको लङजम्पमा कक्षा १० होपका समीर बम्रेल प्रथम , कक्षा ९ फेथका सुजन राना द्वितीय कक्षा ८ होपका सजिज बुढाथोकी तृतीय भए ।

छात्रातर्फको ४०० मिटर रिले दौडमा कक्षा ९ फेथको रन्जना गाहा, किर्मिका सुनार, प्रज्ञा कठायत र सृजना बुढाथोकीको समूह प्रथम, कक्षा ८ होपका मोलिका थापा, आयुसमा बराल, भुमिका सारु र इशा झेडीको समूह द्वितीय भयो भने कक्षा ९ फेथकै अस्मिना भण्डारी, युरि पुन, प्रकृति कार्की र सिम्रन श्रेष्ठको समूह तृतीय भएको छ । सिनियरतर्फकै छात्र ज्याभलिन थ्रो खेलमा कक्षा ९ का सफल परियार प्रथम, कक्षा १० का सन्दिप बम्रेल द्वितीय र कक्षा ८ का सजिज बुढाथोकी तृतीय भए । जुनियर ९ कक्षा ५, ६, ७ तर्फको गणितीय दौडमा छात्रतर्फबाट कक्षा ७ अभिनभ ज्ञवाली प्रथम, कक्षा ७ का निर्देश महत द्वितीय र कक्षा ६ का इशान भट्टराई तृतीय भए ।

त्यस्तै छात्रातर्फको कक्षा ६ की खुसी निशा बानु प्रथम, कक्षा ६ की बिनु खाती द्वितीय र सर्बानी गुरुङ तृतीय भए । छात्रातर्फको १०० मिटर दौडमा कक्षा ५ की आरभी पौडेल प्रथम, कक्षा ६ की ऐस्वर्या कार्की द्वितीय र कक्षा ६ कै खुसी निशा बानु तृतीय भइन् । सोही खेलमा छात्रतर्फको खेलमा कक्षा ७ का सरद खत्री प्रथम कक्षा ७ कै सचिन थापा द्वितीय र अभिनभ ज्ञवाली कक्षा ७ कै तृतीय भए ।

तिनाउ खेल महोत्सव २०७९ सिनियरका खेल लुम्बिनी बाणिज्यको खेलमैदानमा भएका छन् भने अन्य खेल स्कुलकै खेलमैदानमा सम्पन्न भएको प्राचार्य सिता पाण्डेले बताइन् । खेल सकिएपछि ५ गते पुरस्कार बितरण समारोह हुने अध्यक्ष यज्ञमूर्ति पाण्डेले जानकारी दिए । खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि छन् ।