बुटवल, । रूपन्देही विद्युतीय व्यसवायी संघले आफ्ना सदस्यहरूलाई नेतृत्व, व्यक्तित्व विकास, व्यवसाय व्यवस्थापन तथा प्रवद्र्धन तालिम दिएको छ । संघमा आवद्ध सदस्यहरुमा व्यवसायिक कुशलता एवं क्षमता अभिवृद्धिका लागि तालिम प्रदान गरिएको संघका अध्यक्ष प्रकाशचन्द्र पाण्डेयले जानकारी दिए ।
शनिबार बुटवलमा सञ्चालित तालिममा जिल्लाका ११० जना व्यवसायीहरू सहभागी थिए । तालिममा वरिष्ठ प्रशिक्षक शम्भुप्रसाद शर्माले सहजीकरण गरेका थिए । तालिममा व्यवसायीले ग्राहकलाई गर्नुपर्ने व्यवहार, व्यवसाय प्रवद्र्धनका लागि ध्यान पु¥याउनुपर्ने विषयलगायतका बारेमा जानकारी गराइएको तालिम संयोजक तथा संघका वरिष्ठ उपाध्यक्ष हरिहर ज्ञवालीले बताए ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष सुदर्शन पौडेलले व्यवसाय प्रवद्र्धनका लागि हरेक व्यवसायीले नयाँ–नयाँ ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा महासंघका तृतीय उपाध्यक्ष अनन्तमान थैव र संघका महासचिव लोकनाथ पोखरेललगायतले बोलेका थिए ।
विद्युतीय व्यवसायीलाई नेतृत्व विकास तालिम
