बुटवल, असार १४ । बुटवल राजमार्ग चौराहास्थित एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिले आउँदो आइतबार बुटवलमा व्यक्तित्व तथा नेतृत्व विकास तालीम सञ्चालन गर्ने भएको छ । एक्स्पर्टले विद्यार्थीहरूलाई लक्षित गरी राष्ट्रिय स्तरका प्रशिक्षकहरूलाई ल्याएर ‘टेनिङ फर युथ’ गर्न लागेको हो ।
एक्स्पर्टले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल–९ इट्टाभट्टी स्थित डासिस इन्टरनेशनल होटलमा आइतबार बिहान १० बजेदेखि तालीम सञ्चालन गर्ने जानकारी गराएको थियो । एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रालिका निर्देशक रोशन कंडेलले यस क्षेत्रमै पहिलो पटक राष्ट्रिय स्तरका प्रशिक्षकहरू ल्याएर निःशुल्क तालीम सञ्चालन गर्न तयारीमा आफूहरू जुटेको बताए ।
उनले भने, ‘विद्यार्थी आफू कुन क्षेत्रमा लाग्दा के–के कुरामा ध्यान दिनुपर्छ र के–के आवश्यक पर्छ ? सबै तालिमबाट सिक्नेछन् ।’ टेनिङमा प्रशिक्षकहरु सुहारिका केसी र आरके रिजालले प्रशिक्षण दिनेछन् । एक्स्पर्टले शनिबार भैरहवामा नेतृत्व विकास तालिम गर्दै छ । तालिममा करिब ४ सय विद्यार्थीहरू सहभागी हुने अपेक्षा आयोजकको छ । एक्स्पर्टले विभिन्न समयमा तालिमहरू सञ्चालन गर्दै आएको छ । तालिममा सहभागी विद्यार्थीहरूको फोटो खिचेर एक्स्पर्टले आफ्नो फेसबुक पेजमा राख्नेछ । राखिएका फोटाहरुमध्ये सबैभन्दा धेरै लाइक र शेयर हुनेलाई पुरस्कार दिइने छ ।
एक्स्पर्टले निःशुल्क नेतृत्व विकास तालिम गर्ने
