४१औं मगर एकता दिवस बगनासकालीमा

मेचीकाली संवाददाता

१५ फाल्गुन २०७९, सोमबार
392 shares


पाल्पा । पाल्पामा विविध कार्यक्रम गरी फागुन १५तथा ४१औं मगर एकता दिवस मनाइएको छ ।
पाल्पा जिल्ला पुरानो मगर राज्य मगर बाहुल्यता भएको मानिन्छ । अधिकांश मगर समुदायको भेषभुषा यहाँ झल्किएको यहाँ पाइन्छ । संस्कार र संस्कृतिको संरक्षणमा यो समुदाय अग्रभागमा रहेको पनि पाइन्छ । गते र महिनाले फागुन १५ । बर्षको चाड मागे सक्रान्ती र फागुन १५ बिसेस दिवसको रुपमा मनाउने मगर समुदायको चलन छ । पाल्पाको बगनासकाली गाउँपालिका लगायत सबै पालिकामा फागुन १५ को दिन मगर दिवस मनाएका छन् ।


बगनासकाली गाउँपालिका सहयोगमा आदिवासी जनजाति समन्वय समितिको आयोजना र नेपाल मगर संघ बगनासकाकालीको सह–आयोजनामा दिवस मनाइएको हो ।

कार्यक्रमका अवसरमा साँस्कृतिक प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा स्थानीय झ्याउरे, सालैजो, ठूलो नाँच, कौडा नाँच लगायतका प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले यहाँको मगर समुदायको भाषा, भेषभुषा, कला, संस्कृति संरक्षण सम्वद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । गाउँपालिका भित्रको जातीय सद्भाव कायम राख्नका लागि सबै जातजातिको संस्कृति र संस्कारलाई बचाउनको लागि आफूले सहकार्य गर्ने उनले बताइन ।

विशिष्ट अतिथि नेपाल मगर संघका पूर्व केन्द्रीय सदस्य मोहन थापाले लोकतान्त्रीक गणतन्त्र स्थापनाका लागि मगर समुदायको पनि भूमिका महत्वपूर्ण रहेको बताए । अधिकार प्राप्त गर्नका लागि सम्पूर्ण मगर समुदाय एक भएर आवाज उठाउन आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुनाराम खनाल, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य मिलन विश्वकर्मा लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रमका अवसरमा मगर समुदायबाट निर्वाचित गाउँपालिका अध्यक्ष सरस्वती चिदी र वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता टीका थापालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा सहभागी प्रतियोगिलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।

आदिवासी जनजाति समन्वय समिति बगनासकालीका अध्यक्ष गणबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा मगर संघ गाउँ समितिका अध्यक्ष निरेन्द्र झेंडीले स्वागत र दिलिप कुमार गाहाको संचालनमा संपन्न भएको थियो ।

मगरको इतिहास, भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले २०३९ सालको फाल्गुण १५ गतेका दिन तनहुंको दमौलीमा पहिलो पटक राष्ट्रिय स्तरमा मगरहरु भेला भई मगर संघ गठन गरेका थिए । सोही दिनको अवसरमा मगर एकता दिवश मनाउँदै आएको जानकारले बताउछन् ।