बुटवल, । बुटवलमा विगत लामो समयदेखि सञ्चालनमा रहेको रिक्सा व्यवसायी संघ अबदेखि हरियाली यातायात कम्पनीको रूपमा सञ्चालनमा आएको छ । नेपाल सरकारले यातायात क्षेत्रको सिण्डिेकेट खारेज गरी यातायात क्षेत्रका संघ÷संस्थाहरूलाई कम्पनीका रूपमा सञ्चालन गर्न निर्देशनसँगै संघले पनि हरियाली यातायात कम्पनीको रूपमा आफ्नो कार्य सञ्चालन गर्न लागेको हो ।
संघले आउँदो साउन १ गतेदेखि हरियाली यातायात कम्पनीका रूपमा आफ्नो कार्य सञ्चालन गर्ने शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । कम्पनीको सञ्चालक समिति ५ सदस्यीय रहेको छ ।
जसमा कृष्णप्रसाद तिवारी, गोपाल रिजाल, लालबहादुर राई, देवानन्द चापागाई र सरिता केसी रहेका छन् । कम्पनीको कार्यालय रिक्सा व्यवसायी संघ रहेको साविक कार्यालय बुटवल–९ मिलनचोकमा नै रहने छ ।
ठूला यातायात व्यवसायीहरू अझै कम्पनीका रूपमा सञ्चालन गर्न तदारूपता नदेखाएको बेला संघले आफूलाई यातायात कम्पनीका रूपमा रूपान्तरण गरेको हो । कम्पनीको सञ्चालन पूँजी १ लाख रूपैयाँ राखिएको छ । कम्पनीमा हाल ३ सय ५० अटो रिक्सा दर्ता भई सञ्चालनमा रहेको सञ्चालक कृष्णप्रसाद तिवारीले जानकारी दिए । उनले भने, ‘रिक्सा व्यवसायी संघले गर्ने सबै व्यवसायीका काम अब हरियाली यातायात कम्पनीले गर्नेछ । यहाँ पेट्रोलवाला टेम्पो दर्ता भने हुने छैनन् ।’
सञ्चालक गोपाल रिजालले स्थानीयतहले बुटवल नगर क्षेत्रमा चल्ने अटो रिक्सा सञ्चालन गर्ने रूट निर्धारण गर्न माग गरे । रिजालले बुटवलमा ई–रिक्साको रूट र संख्या निर्धारण नहुँदा आफूहरूले लामो समयदेखि ठूलो मार खेप्दै आएको बताए । बुटवल उप–महानगरपालिकाले कानून बनिनसकेको भन्दै अटो रिक्सा भित्रिएको ३ वर्षसम्म पनि रूट निर्धारण गर्न सकेको छैन । जसले गर्दा बुटवलमा जथाभावी ई–रिक्सा भित्रिएका छन् ।
ट्राफिक प्रहरीले ई–रिक्सालाई अनावश्यक झण्झट दिँदा व्यवसायी र चालकहरू ठूलो मारमा परेका छन् । अञ्चल अस्पताल बिरामी छोडेर आउने रिक्सालाई प्रहरीले जरिवाना काट्ने गरेको व्यवसायीको भनाइ छ । जसको बिरामीदेखि सर्वसाधारणले चौतर्फी विरोध गरेका छन् ।
सञ्चालक लालबहादुर राईले ई–रिक्सा सञ्चालनका लागि प्रयाप्त क्रसिङ नहुँदा सडक जाम हुने समस्या आएकोले सबै क्रसिङ खुला गर्दै आवत जावतलाई सहज बनाउन आग्रह गरे । उनले भने,‘अस्पताल, बैंकलगायतका क्षेत्रमा ई–रिक्सालाई जान नदिनु दुभाग्य हो ।
प्रदेश राजधानी बुटवल भइसकेकोपछि यसलाई व्यवस्थित गर्नु राज्यको दायित्व हो । ई–रिक्सा कानुनी प्रक्रिया पूरा गरेपछि सबै क्षेत्रमा चल्न पाउनुपर्छ ।’ राज्यले ई–रिक्सा नियन्त्रण र व्यवस्थित गर्न नसक्दा अन्य अञ्चलमा दर्ता भई बुटवलमा सञ्चालन भएका छन् । जसको कुनै विलबुक दर्ता भएको संघ÷संस्था पनि छैन । ती ई–रिक्साले दुर्घटना गराउँदा कहाँ उजुरी गर्नेसमेत ठाउँ नहुँदा यात्रुहरू मारमा परेका छन् ।
हरियाली यातायात कम्पनी सञ्चालनमा
