शुद्दोधन गाउँपालिकामा नदि कटान क्षेत्रहरुको निरीक्षण

मेचीकाली संवाददाता

१३ चैत्र २०७९, सोमबार
256 shares


तुलसीराम पौडेल —
शुद्दोधन , चैत १३
रुपन्देहीको शुद्दोधन गाउँपालिकामा दानव नदिले कटान गरेका गाउँपालिकाका विभिन्न क्षेत्रहरुको निरिक्षण गरिएको छ। दानव नदिले कटान गरेका क्षेत्रहरुमा तटबन्ध गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्याल र जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय प्रमुख इस्वरी प्रसाद तिवारीको टोलीको संयुक्तबाट गाउँपालिकाका विभिन्न नदी कटान क्षेत्रहरुको निरिक्षण गरिएको हो ।
निरीक्षण कार्यक्रम अन्तरगत शुद्दोधन गाउँपालिका वडा नम्बर २ कोलुवा घाट, वडा नम्बर -६ गुरौली भैरहवा घाट,वाड नम्बर -७ शिशवा संत घाट र वाड नम्बर -७ बोहरवा घाटको निरीक्षण गरिएको थियोे ।नदिले कटान गरेका ती क्षेत्रहरुमा प्राथमिकताका आधारमा क्रमशः तटबन्ध गरिने जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालयका प्रमुख ईश्वरी प्रसाद तिवारीले बताउनु भयो ।