केसीले मनाए बालगृहमा जन्मोत्सव

मेचीकाली संवाददाता

२१ चैत्र २०७९, मंगलवार
375 shares

पार्वती आचार्य

कपिलवस्तु । उद्योग ब्यापार संघ , कपिलवस्तुका बरिष्ठ उपाध्यक्ष यम बहादुर केसी (ओम) ले आफ्नो जन्मोत्सव कपिलवस्तुको तौलिहवामा स्थित बालगृहका बालकहरु सङ्ग मनाएका छन् । बिगतका दिनहरुमा होटल तथा रेष्टुरेन्टहरुमा साथी भाईहरुसंग रमाईलो गर्ने उद्योग व्यापार संघका पदाधिकारीहरु पछिल्लो समय बाल गृहका बालकहरुसंग खुशी साट्न थालेका छन् ।

एक दिन रमाईलो गर्दा अनावश्यक गरिने खर्चले बाल गृहलाई थोरै भए पनि सहयोग हुने र ती बालकहरुलाई पनि हाम्रो कोही छन् भन्ने महसुस होस र सामाजिक अभियान्तहरुले यसको महत्व बुझ्न सकुन भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरुको आयोजनागर्न थालिएको उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताए ।

उद्योग ब्यापार संघ , कपिलवस्तुको निर्णयअनुसार आफ्ना सदस्यहरूलाई सामाजिक कार्यहरूको लागि उत्प्रेरित गर्ने कार्यक्रम अनुसार यो जन्मोत्सव विशेष कार्यक्रम बाल गृहमा गरिएको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले बताए ।

आफुलाइ यसरी बालगृहमा जन्मोत्सवको लागि अध्यक्ष खिमान्न्द पौडेल (कोपिल) ले अभिप्रेरित गरेको र बालगृहमा जन्मोत्सव मनाउदा छुट्टै खुशीको अनुभुती भएको यम बहादुर केसिले बताए ।

बालगृहका सभापति गोपालमणि ज्ञबाली र ब्याबस्थापक राम प्रसाद अर्यालले उद्योग ब्यापार संघ कपिलवस्तुको यो सामाजिक अभियान अरु सामाजिक संघ सस्थाको लागि समेत अनुकरणीय रहेको र सहयोगका लागि धन्यवाद ब्यक्त गरका छन् ।

उक्त कार्यक्रमको अवसरमा खाद्यान्न लागयतका सामाग्रीहरु बालगृह लाई हस्तान्तरण गरियको थियो । जन्मोत्सव कार्यक्रममा उद्योग ब्यापार सङ्गका पदाधिकारी एबम सदस्यहरु तथा पारिबारिक सदस्यहरुको सहभागिता रहेको थियो । बालगृह मा २३ जना असाह्य बालकहरुले आस्रय लिइरहेका छन ।