घरमा आगलागी हुँदा एकजनाको मृत्यु

मेचीकाली संवाददाता

२४ चैत्र २०७९, शुक्रबार
99 shares

बुटवल, चैत २४ । गुल्मीमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोटदह देउरालीका ८३ वर्षीय ज्ञानबहादुर जीसी रहेका छन् ।

बिहीबार राति करिब १० बजेतिर जीसीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए । प्रहरी र स्थानियहरुको सहयोगमा २ बजेतिर आगलागी नियन्त्रणमा आउको थियो ।

प्रहरीका अनुसार मृतक जीसी घरमा एक्लै बस्दै आएका थिए । उनका २ छोराहरू रोजगारीका लागि विदेशमा छन् । आगलागीबाट ढुंगा माटोले बनेको घर जलेर पूर्ण रुपमा क्षति भएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।