बिद्युतको महशुल बढाउने हल्लालाई ज्ञापनपत्र बुझाइयो

मेचीकाली संवाददाता

२४ चैत्र २०७९, शुक्रबार
197 shares

मुक्ति न्यौपाने
वालिङ । बुटवल पावर कम्पनीले बिद्युतको महशुल बढाउने हल्ला बजारमा आएपछी स्याङ्जावासी आक्रोशित भएका छन् ।

एकता समाज भुम्रेका संयोजक बालकृष्ण श्रेष्ठको सयोजकमा सयौंको संख्यामा हस्ताक्षर संकलन गरि ज्ञापनपत्र मार्फत कोरोनाको माहामारि फैलिएको र विस्ववजार मन्दीको अबस्थामा आएकोले हाल बिजुलीको मुल्य नबढाउन बिज्ञप्ति मार्फत आग्रह गरिएको छ ।

मुलुकमा देखिएको आर्थिक मन्दिका कारण जनता मारमा परिरहेको बेला विद्युत महशुस बढाउन नहुने भुम्रे एकता समाजका सयोजक बालकृष्ण श्रेष्ठले बुटवल पावर कम्पनीको शाखा कार्यालय हस्ताक्षर सहितको ज्ञापन बुझाएका हुन् ।

श्रेष्ठका अनुसार दैनिक जीवन चलाउन हम्मेहम्मे परेको अवस्थामा महशुस पुरानो शुल्क नै कायम गर्न आग्रह गरिएको छ ।