बुटवल मोबाइल संघ रुपन्देहीद्धारा क्यालेन्डर बिमोचन

मेचीकाली संवाददाता

२९ चैत्र २०७९, बुधबार
113 shares

बुटवल । बुटवल मोबाइल संघ रुपन्देहीले शुभकामना आदनप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

संघले नयाँ बर्ष २०८०को अवसर पारेर आज बुटवलम एक कार्यक्रमका बिच क्यालेन्डर बिमोचन एवं शुभकामना आदनप्रदान कार्यक्रम गरेको हो । संघका अध्यक्ष बिष्णु ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उनले बर्ष २०८० ले देशमा देखिएको आर्थिक मन्दी लगायतका समस्याको अन्त्य हुँदै सहज रुपमा ब्यवसाय गर्ने वातावरणको श्रजना हुने कामना गरे ।

संघका वरिष्ठ उपाध्यक्ष एवं क्यालेन्डर प्रकाशन संयोजक शिवदेव अर्यालको स्वागत रहेको कार्यक्रममा संघका सदस्य कृष्णप्रसाद आचार्य, सल्लाहकार नारायण गौतम, प्रेस सल्लाहकार सुमन श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गरेका थिए । संघका महासचिव दिपेन्द्र पान्डेको सन्चालनमा कार्यक्रम भएको थियो ।