ग्यास बिक्रेता र उपभोक्ता दुबैपक्ष सचेत हुनुपर्छः अर्याल

मेचीकाली संवाददाता

९ बैशाख २०८०, शनिबार
283 shares

पार्वती आचार्य
कपिलवस्तु। बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले अहिले ग्यास बिस्फोटको घटना दिनानुदिन बढिरहेकोले ग्यास बिक्रेता र उपभोक्ता दुबैपक्ष सचेत हुनुपर्ने बताएका छन् । ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशले आयोजना गरेको तेश्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

हाल संकटमा परिरहेको देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि ग्यास बिक्रेता संघ जस्ता निजि क्षेत्रको महत्वपूर्ण भुमिका रहने उनले बताए । ग्यास बिक्रेता संघले आफ्नै भवन निर्माणको लागि गरेको अनुरोधलाइ सम्मान गर्दै उपयुक्त जग्गा हेरेर नगरपालिकालाइ खबर गरे त्यसको लागि कानुनी रुपमा नगरले सहयोग गर्ने मेयर अर्यालले प्रतिवद्धता जनाए । उनले अरुको आश्रयमा व्यवसाय सञ्चालन गर्न नहुने बताउँदै आ अफनो भान्साको सुरक्षा आफैले पनि गर्नुपर्ने बताए ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज रामप्रसाद ज्ञवालीले व्यवसाय गर्ने निजि क्षेत्रहरु मध्ये ग्यास बिक्रेता संघ सबैभन्दा कम मुनाफा कार्य व्यवसाय गर्ने सस्था रहेको हुँदा सुरक्षा निकाय र प्रशासनले सहज वातावरणमा काम गर्न दिन आग्रह गरे ।

यसैगरी महासंघ नेपालका केन्द्रिय महासचिव लाल बहादुर केसीले ०७९ साल व्यवसायीहरुका लागि उत्साह जनक नभएको बताउँदै आम उपभोक्ताहरुका निम्ति धेरै कामहरु भए पनि उपलब्धि मुलक नभएको बताए । ९० प्रतिशत भन्दा बढी घटनाहरु उपभोक्ताहरुले नजानेर घट्ने भएको हुँदा यसलाई निराकरण गर्न सबै लाग्न जरुरी भएको बताए ।

त्यस्तै ग्यास बिक्रेता महासंघ रुपन्देहीका अध्यक्ष प्रदिपप्रसाद पन्तले ग्यास बिक्रेता संघहरुले आफ्नो सस्थाको लागि मात्र नभएर अब उपभोक्तालाइ मध्यनजर गर्दै व्यवसाय सन्चालन गर्नुपर्ने बताए ।
ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामप्रसाद गैरेले कार्यपत्र प्रस्तुत गर्दै बिगत तिन बर्षदेखि बिभिन्न समस्याहरु भोग्दै आएको बताए । साथै उनले आगामी कार्ययोजनाहरु प्रस्तुत गर्दै लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्लामा व्यवसायीहरुलाई संगठित गर्दै बैज्ञानिक रुपमा व्यवस्थापन, सहजीकरण, तालिम तथा अन्तरक्रिया जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिईने बताए ।

यस्तै उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले व्यवसायी संघले समाज परिवर्तन गर्नुपर्ने बताए ।
खरिद ग्यास सिलिण्डर उपभोक्ताहरुले गुणस्तरिय भएनभएको जान्न र बुझ्न अत्यन्तै जरुरी भएको उनले बताए । कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले व्यवसायीहरु जोखिममा रहेको बताउँदै जनचेतना मूलक कार्यक्रमहरु संचालन गर्न आवश्यक भएको बताए । नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलखबहादुर पछाईले ग्यासचुलोलाई स्थानियतहले निती तथा कार्यक्रम मार्फत पारित गरी सहि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

देशभरिका एलपी ग्यास व्यवसायीहरुको समूहिक एक्यवद्धता आत्मनिर्भर र व्यवस्थित कारोवार हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश नेपालको तेश्रो बार्षिक साधारण सभा ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेश उपमहानगर पालिका रुपन्देहीको आयोजना र कपिलवस्तु एलपी ग्यास व्यवसायी संघ बाणगंगा नगरपालिका जितपुरको सह आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद गैरेको अध्यक्षता, संघका बरिष्ठ उपाध्यक्ष नारायण नेपालको स्वागत तथा महासंघका महासचिव हरि प्रसाद अधिकारीको संचालनमा सम्पन्न साधारण सभामा लुम्बिनी प्रदेशका ग्यास व्यवसायी संघका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।