लोकतन्त्र दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

११ बैशाख २०८०, सोमबार
369 shares

पार्वती आचार्य

कपिलवस्तु । उद्योग ब्यापार संघ, कपिलवस्तुको आयोजनामा लोकतन्त्र दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उद्योग व्यापार संघ कपिलवस्तुको आयोजना र नियमित रत्तदाता संघ कपिलवस्तुको सह आयोजना तथा रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा बाणगङ्गाको ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

रक्तदान कार्यक्रममा ६० यूनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथी बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले लोकतन्त्र दिवसलाई सबैले स्मरण गर्नु पर्ने बताउनु भएको छ । रक्तदान नै जिवन दान भएको बताउदै पछिलो समय रगत दिदा कमजोर भईन्छ भन्ने भम्र कम्रश हराउदै गएको बताउनु भयो । उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमलाई संबोधन गर्दै उहाँले सो कुरा बताउनु भयो हो ।

नगरका नागरिहरुले रगत कै अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले अबको एक वर्ष भित्रमा नगरमा रक्त संचार केन्द्र संचालन गर्ने तयारी भईरहेको जनाउनु भयो । पछिलो युवा पुस्तालाई लोकतन्त्रबारे जानकारी गारउनु पर्ने बताउदै उद्योग व्यापार संघ, कपिलवस्तुले गरेको रचनात्मक कार्यक्रमको मेयर अर्यालले प्रशंसा समेत गर्नु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथी रक्त संचार केन्द्र बुटवल ब्लड बैंक व्यवस्थापन समिती तथा नियमित रक्तदाता संघका केन्द्रिय उपाध्यक्ष लेखनाथ भण्डारीले बिगतको समयमा भन्दा हाल नागरिकहरुले रक्तदानको महत्व बुझ्दै आउँदा अभियानमा केहि परिवर्तन आएको बताउनु भयो । रक्त संचार बुलवलले गर्दै आएका कामहरुको बिषयमा जानकारी दिंदै एक पोका रगतले कसैको जिवनलाई बचाउन सक्नु नै जिवन दान हो भन्दै बिभिन्न आरोपहरु आउँदा समेत यस कार्यलाई पच्छ्याउँदै आईरहेको हुँदा रक्त संञ्चार र उद्योग व्यापार संघ कपिलवस्तुको सहकार्य रहने प्रतिवद्धता जनाउनु भयो ।

उद्योग व्यापार महासंघका केन्द्रिय सचिवालय सदस्य टोनारायण बेल्वासेले लोकतान्त्रिक प्राप्तीको लागि सहिदहरुले ज्यान गुमाए पनि अपेक्षा अनुसारको लोकतन्त्र गणतन्त्र हुन नसकेको बताउनु भयो ।

यस्तै उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले लोकतन्त्र र गणतन्त्र आएको १७ वर्ष पुरा हुँदा सम्म पनि अहिलेका नयाँ पुस्तालाई लोकतान्त्रिक प्राप्तिको आन्दोलनको स्मरणको बिषयमा अझै जानकारी नभएको हुँदा सो बिषयमा अवगत गराउनका लागि लोकतन्त्र दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

नियमित रक्तदान गर्नाले शरीर स्वस्थ्य रहनुका साथै आफुलाइ आत्मसन्तुष्टि मिल्ने बताउनु भयो । एक पोका रगतको अभावले कोही व्यक्तीले अकालमा ज्यान गुमाउन नपरोस र समाज रुपान्तरणका लागि युवा पुस्ताको खाँचो भएको हुँदा हामी युवाहरुले पनि केहि गर्नु पर्छ भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पौडेलको भनाई छ ।

उद्योग व्यापार महासंघका केन्द्रिय सदस्य , उद्योग व्यापार संघ कपिलवस्तुका नि वर्तमान अध्यक्ष हुमनाथ पौडेल लगाएतले आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी तथा टेक्निसियन प्रमुख निराजन राज भण्डारी , गणेश खनाल लगाएको टोलिको प्रविधिक सहयोग रहेको थियो ।

उद्योग व्यापार संघका बरिष्ठ उपाध्यक्ष यम बहादुर केसी (ओम) को स्वागत तथा महासचिव बासुदेव खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मि, रक्तदाताहरु, उद्योग व्यापार संघ कपिलवस्तुका कार्यसमिति सदस्यहरु , कार्यक्रम संयोजक रेवता पौडेल र सदस्यहरु गिता पौडेल, मुक्तिराम कंडेल लगाएतको उपस्थित रहेको थियो ।

हामीले दिएको रगतले कसैको जीवन बाँच्छ भने आगामी दिनमा पनि रक्तदानका लागि पछि नपर्ने रक्तदाताहरुले बताएका छन् । रगत दान गर्ने रक्त दाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।