सहिद देबिलाल स्मृति कप आजदेखि सुरु

मेचीकाली संवाददाता

२७ बैशाख २०८०, बुधबार
210 shares

बुटवल। सहिद देबिलाल पौडेलको स्मृतिमा स्वतन्त्र बिद्यार्थी युनियन स्ववीयु बुटबल बहुमुखी क्याम्पसको आयोजनामा सहिद देबिलाल स्मृति कप आज बुधबार देखि सुरु भएको छ।

उक्त स्मृती कपको बुटबल उपमहानगरपालिकाका उपप्रमुख साबित्रा अर्यालले उद्घाटन गरिन । सो अवसरमा बोल्दै प्रमुख अतिथि बुटबल उपमहानगरपालिकाका उप प्रमुख साबित्रा अर्यालले स्वास्थ्यका लागि खेलकुद महत्बपूर्ण भएकाले सबैलाई नियमित खेल खेल्न आग्रह गरिन। साथै उनले आगामि दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरिन।

कार्यक्रममा बिशेष अतिथि बुटबल बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख डा खिमानन्द न्यौपाने, बिद्यार्थी कल्याडकारी प्रमुख कुलानन्द पाण्डे,बिद्यार्थी कल्याड परिषद सदस्य भरत अर्याल ,सहायक क्याम्पस प्रमुख जिवनारायण अधिकारी, नेकपा एमाले नगर कमिटि सदस्य नविन थापा सारु, अनेरास्वस्वीयु अनेरास्वबियु बुटबल क्याम्पस अध्यक्ष गोबिन्द रिजाल, नेपाल बिद्यार्थी सघ बुटबल क्याम्पस सचिब प्रदिप घर्ति मगर, अखिल क्रान्तिकारी बुटबल क्याम्पस कमिटि अध्यक्ष शिब बहादुर खवास ,पारस राहादि मगर ,लगायतले बोलेका थिए ।

बुधबार छात्र भलिबल उद्धघाटन खेलमा बिबिए र अनेरास्ववीयु बिच भएको खेलमा खेलमा अनेरास्ववियू विजयी भएको छ। वि ए लाई २–० को सेटेल पराजित गर्दै अनेरास्ववियु अर्को चरणमा प्रवेश गरेको छ। प्रतियोगितामा ६ टिमले सहभागि जनाएको कार्यक्रम सयोजक भगवत खडकाले बताए। कार्यक्रम स्वतन्त्र बिद्यार्थी युनियन स्ववीयु सभापति दुर्गा बहादुर एम सिको अध्यक्ष तथा सचिब निलकण्ठ पाण्डेको सन्चालन तथा उपसभापति राजिब पोखरेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो।