संगठित अपराधको निर्भीकतापूर्वक अनुसन्धान गर्ने काममा अवरोध नहोस्ः इन्सेक

मेचीकाली संवाददाता

२ जेष्ठ २०८०, मंगलवार
151 shares

कपिलवस्तु । नक्कली भुटानी शरणार्थीप्रकरणलाई संगठित अपराधको संज्ञा दिँदै निर्भीकतापूर्वक अनुसन्धान गर्नेकर्तव्य पालनाका लागि राज्यका संयन्त्रमाथि कुनै पनि किसिमको व्यवधान खडानहोस् भन्नेमा सजग रहन सबै दलका नेतृत्वसँग इन्सेकले माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा मंगलबार जारी विज्ञप्तिमानक्कली भुटानी शरणार्थी प्रकरणको छानविन प्रकृया प्रमुख दलहरूकाउच्चस्तरीय राजनीतिक नेतृत्वको तथाकथित सहमतिका कारण टुङ्गोमा नपुग्नेसर्वव्यापक आशङ्का गम्भीर चिन्ताको विषय बन्न पुगेको उल्लेख छ ।

’यस मामिलामा गहन र निष्पक्ष छानविन गरीसंसारको नजरमा नेपाल राष्ट्रको प्रतिष्ठा पूर्णतः धराशायी हुन नदिने अवसरगुमाउनु हुँदैन । तर, सरकारको नेतृत्व र राज्यका विभिन्न निकायहरूकैभ्रष्टाचार र अनियमिता विरुद्धको प्रतिबद्धतामा समेत प्रश्न उठिरहेको आजकोअन्योलपूर्ण अवस्थामा आमजनता, नागरिक समाज र सार्वभौम सत्ता सम्पन्न जनताकोप्रतिनिधिमूलक संस्था संसदले अझ जागरुक हुँदै प्रभावकारी भूमिका निर्वाहगर्नु जरुरी छ ।’–विज्ञप्तिमा उल्लेख छ ।

विधायक र उच्च पदस्थ राजनीतिकव्यक्तित्वहरूसहित राज्य संयन्त्रको संलग्नतामा भएको नेपाली नागरिकलाईभूटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधको जरासम्मै छानविन भई सम्पूर्ण आरोपितहरू माथि कानुनी कारबाही हुन सकेन भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा समेत आउन सक्ने गम्भीर परिणामको अन्तिम जिम्मेवारी लोकतन्त्र रगणतन्त्र स्थापनाको अगुवाइ गर्ने दलहरूले नै लिनुपर्ने कुरा इन्सेकले सम्झाएको छ ।

इन्सेकले प्रेस विज्ञप्ति मार्फत नेपाल प्रहरी तथा राज्यका अन्य अङ्गबाट हालसम्म भएको अनुसन्धान कार्यको सराहना गरेको छ ।