बाल अधिकार चेतना समूह जनता माविद्वारा ध्यानाकर्षण

मेचीकाली संवाददाता

४ जेष्ठ २०८०, बिहीबार
118 shares

सुनिल आचार्य

कपिलवस्तु, जेठ ३ । मायादेवी गाउँपालिका ५ स्थित जनता मावि बलुहवामा इन्सेकद्वारा गठन भएको बाल अधिकार चेतना समूहका पदाधिकारीहरुले जेठ ३ गते नियमित बैठक बसी बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्न, बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापहरु संचालन गर्नका लागि मागदावी सहित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

बाल बालिकाहरुका लागि खेलकुदबाट पनि चौतर्फिक बिकास हुने भएको हुँदा आफ्नो माग सहित वडा नं. ५ को वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रमा भलिबल सेट, व्याडमिन्टन, क्रिकेट व्या , बास्केट बल, स्ट्याम्प लगायतका खेलकुद सामाग्री उपलब्ध गराई दिनुहुन बाल अधिकार चेतना समूह अनुरोध गर्दछौ ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

यस्तै बाल अधिकार चेतना समूहका पदाधिकारीहरुका लागि क्षमता अभिबृद्धि गर्नका लागि कार्यक्रमको समेत जोडदार माग गर्दछौ ध्यानाकर्षण पत्रमा भनिएको छ । बाल अधिकार चेतना समूहका सदस्य राम नरेश कहारले बिभिन्न खेलकुदबाट पनि बिद्यार्थीहरुको चौतर्फिक बिकास हुने भएको हुँदा खेल सामाग्रीहरु उपलब्ध गराईदिन वडा अध्यक्ष समक्ष आग्रह गर्नु भएको छ ।

बाल अधिकार चेतना समूहका पदाधिकारीहरुको मागदावि सहितको ध्यानाकर्षण पत्रलाई संबोधन गर्दै मायाँदेवी गाउँपालिका ५ का वडा अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेयले आउँदो आर्थिक वर्ष ०८०/०८१ मा बालबालिकाहरुलाई खेलकुद सामाग्रीहरु उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो । यस आर्थिक वर्षमा पनि वडाले केहि खेलकुद सामाग्रीहरु उपलब्ध गराईएको अध्यक्ष पाण्डयले बताउनु भयो ।

बाल अधिकार चेतना समूहका अध्यक्ष अष्टिमा चौधरीको संयोजकत्वमा समूहका पदाधिकारीहरु, बाल अधिकार संरक्षक शिक्षक बाल किसुन यादव, इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्य, मानव अधिकार समूह सदस्य कृष्ण अग्रहरी लगायतको उपस्थिती रहेको थियो ।