मोतिपुरमा उद्वघोषण तालिम समापन

मेचीकाली संवाददाता

८ जेष्ठ २०८०, सोमबार
299 shares


तुलसीराम पौडेल —
मोतोपुर, जेठ ८
श्री मोतिपुर सामुदायिक सिकाइ केन्द्र बुटवल -१७ मोतिपुर रुपन्देहीको आयोजना तथा बुटवल उप महानगरपालिकाको सहयोगमा ६ दिने उद्वघोषण तालिम आइतबार समापन भयो। त्यसै अवसरमा बेसिक ब्युटी पार्लर तालिमको उद्घाटन कार्यक्रम पनि सम्पन्न भएको थियोे ।तालिम बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेवी अर्यालले गर्नुभएको थियोे । सो अवसरमा उहाँले तालीमबाट प्राप्त सिपलाई उत्पादन मुखी बनाउनुपर्नेमा जोड दिनु भयो।
श्री मोतिपुर सिकाई केन्द्रका अध्यक्ष कपिलमणी ढकालको अध्यक्षता, बुटवल उपमहानगरपालिका उपप्रमुख साबित्रादेबी अर्यालको प्रमुख आतिथ्यता,बुटवल -१७ का वडा अध्यक्ष ज्ञान् बहादुर रेस्मिको विशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल -१८ का वडा अध्यक्ष गुरु प्रसाद पङ्गेनी ,वडा नम्बर -१७ का वडा सचीव राधिका श्रेष्ठ ,प्रशिक्षक डा .दीपेन्द्र पोख्रेल , तालिममा सहभागी मध्यबाट रन्जु थापा मगर ,हिमलाल पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।
सिकाइ केन्द्रकी सदस्य कविता कोइरालाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन इशु पुनले गर्नु भएको थियोे ।