शुद्दोधनमा क्षयरोग सम्बन्धि कार्यक्रमको समिक्षा तथा गोष्ठी

मेचीकाली संवाददाता

१० जेष्ठ २०८०, बुधबार
136 shares


तुलसीराम पौडेल —
शुद्दोधन , जेष्ठ १०
रुपन्देहीको शुद्दोधन गाउँपालिकामा क्षयरोग सम्बन्धि कार्यक्रमको स्थानीय तह सगको समिक्षा तथा योजना तर्जुमा गोष्ठी बुधबार एक कार्यक्रमका बीच सम्पन्न भयो।
शुद्दोधन गाउँपालिकाको आयोजना तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय र KIDS को सहयोगमा उक्त गोष्ठी सम्पन्न भएको हो।
गोष्ठीमा शुद्दोधन गाउँपालिकाको क्षयरोगी विरामीहरुको अवस्था एवं क्षयरोग निवारण सम्बन्धि हालसम्म गरिएको प्रगति विवरणको समिक्षा तथा आगामी दिनमा क्षयरोगीको संख्या घटाउने वारेमा प्रशिक्षण गरिएको थियो ।कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण वडाका स्वास्थ्य शाखा प्रमुखहरु ,जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेकोे थियो ।
शुद्दोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोख्रेलको अध्यक्षतामा सम्पन्न समिक्षा तथा गोष्ठी कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल ,सेभ चिल्ड्रेनका भीमबहादुर सिंह ,भारती केसी ,किड्सका कार्यकारी निर्देशक कृष्ण प्रसाद दुवेदी, प्रोग्राम अफिसर विवेचना पाण्डे ,भिमा पराजुली ,शुद्दोधन -२ का वडा अध्यक्ष कमल खड्का ,वडा -७ का कार्यवाहक अध्यक्ष भिमनारायण चौधरी लगायतको आतिथ्यता रहेकोे थियोे ।
कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले गर्नुभएको थियोे ।