बुटवलमा यामाहाको ‘रे जेडआर १२५ हाइब्रिड’ स्कुटर सार्वजनिक

मेचीकाली संवाददाता

१६ जेष्ठ २०८०, मंगलवार
286 shares

बुटवल । बुटवलमा यामाहाको नयाँ स्कुटर ‘रे जेडआर १२५ हाइब्रिड’ सार्वजनिक भएको छ । मंगलबार बुटवल–९ मिलनचोकस्थित बुटवल बाइकर्स प्रा.लीमा स्मार्ट मोटर जेनेरेटरसहितको नेपालको पहिलो हाइब्रिड स्कुटर सार्वजनिक भएको हो ।

हिमालय रोडिजका सञ्चालक सुरजसिंह ठकुरी, निर्णायकहरु आशिष गुरुङ, अनुप विक्रम शाही, प्रियंका कार्की, दिया मास्केले एकसाथ रे जेडआर सार्वजनिक गरेका हुन् । उपभोक्ताका विभिन्न आवश्यकता र राइडरहरुको प्राथमिकताहरू पूरा गर्नका लागि रे जेडआर १२५ हाइब्रिड चार ट्रिमहरुमा उपलब्ध रहेको यामाहा नेपालका रिजनल सेल्स म्यानेजर सुभाष देवकोटाले जानकारी दिए ।

स्टाण्डर्ड, डिलक्स र प्रिमियम र प्रिमियम प्लस गरी चार ट्रिममा उपलब्ध रहेको उनले बताए । ‘अल्टिमेट स्कुटर बाइकिङ एरोक्सको सफल सुरुवातपछि नेपालको पहिलो हाइब्रिड स्कुटर रे जेडआर हाइब्रिड लन्च गर्न सफल भएका छौँ’, उनले भने ।

रे जेडआर १२५ हाइब्रिडको केन्द्रमा शक्तिशाली एयर कुल्ड, फ्युल इन्जेक्टेड (एफआई) १२५ सीसी ब्लू कोर इन्जिन रहेको छ । रे जेडआर १२५ शृङ्खलाको हाइब्रिड भेरियन्टले स्मार्ट मोटर जेनेरेटरलाई गतिरोधको समयमा शक्ति सहायता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

साइलेन्ट स्टार्टरको रूपमा पनि चिनिने यो उन्नत प्रणाली शहरको सवारी अवस्थाहरुमा जिप्पियर प्रदर्शन र इन्धन दक्षतालाई मद्दत गर्न इलेक्ट्रिक मोटरको रूपमा दोब्बर हुन्छ । इलेक्ट्रिक पावर सपोर्टको सिमलेस एकीकरणले इन्धनको बचत मात्र गर्दैन, समग्र सवारी अनुभवलाई पनि बढाउँछ ।

यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, ९९ किलोग्रामको उल्लेखनीय तौल, युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर–सिट भण्डारण जस्ता सुविधा रहेको छ ।

रे जेडआर १२५ हाइब्रिडको बेसिक मोडेल स्ट्यान्डर्ड रियर ड्रमको मूल्य दुई लाख ७९ हजार ९०० रूपैयाँ बाट सुरु हुन्छ । यामाहा नेपालले हाइब्रिड टेक्नोलोजीको सिमलेस एकीकरणको साथ पावर, सुरक्षा र शैलीका बीचमा पूर्ण सन्तुलन खोज्ने राइडरहरूलाई किफायती विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ ।