तिलोत्तमा, पुस । तिलोत्तमा नगरपालिका वडा नं. ६, गोरकट्टास्थित न्यू सुपर नमूना रोडा उद्योग प्रा. लि. का सञ्चालक नेत्र खरेलले नदीजन्य पदार्थको विषयमा तिलोत्तमा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुखदेव न्यौपानेलाई कुटपिट तथा दुव्र्यवहार गरेका छन् । न्यौपाने नगरपालिकाअन्तर्गतको नदीजन्य पदार्थ उत्खनन, व्यवस्थापन तथा अनुगमन समिति संयोजकसमेत हुनुहुन्छ ।
कुटपिट गर्ने खरेल फरार छन् । उनको तीव्र खोजी भैरहेको प्रहरीले जनाएको छ । घटनाको तिलोत्तमा नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै निन्दा र भ्रत्र्सना गरेको छ । बिहीबार समितिको बैठक लगत्तै नगरकार्यपालिका कार्यालय परिसर मणिग्राममा नदीजन्य पदार्थको विषयमा कुराकानी भैरहँदा खरेलले वडाध्यक्ष न्यौपानेमाथि एक्कासि कुटपिट गरेको बताइएको छ ।
खरेलले नदीजन्य पदार्थका सन्दर्भमा नगरपालिकामा पेश गरेको फाइल विचराधीन रहेको जनाइएको छ । ‘तिनाउ नदीबाट हुने गरेको गिट्टी, ढुंगा, बालुवाको अवैध उत्खनन, चोरी–निकासीविरुद्ध निर्भिकताका साथ निरन्तर अनुगमनमा सक्रिय रहँदै आएको समितिका संयोजकमाथिको आक्रमण सिङ्गो नगरपालिका माथिको आक्रमण हो भन्ने हाम्रो ठहर छ ।’ नगर प्रमुख बासुदेव घिमिरेद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि कानून हातमा लिई गरिएको आक्रमणले सिङ्गो नगरपालिकाको ध्यानाकर्षण भएको भन्दै नगरपालिकाले सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिलाई धम्काउने, कानून हातमा लिने, अवाञ्छित क्रियाकलाप गर्न उक्साउने प्रवृत्तिका विरुद्ध आमनगरवासी महानुभावहरुलाई सधैं सचेत रहन आह्वान गरेको छ । बिहीबार नै आकस्मिक रुपमा बसेको नगर कार्यपालिकाको बैठकले घटनाको घोर निन्दा र भ्रत्र्सना गर्दै दोषीलाई कानूनी दायरामा लिइ कानूनी कारवाही गर्न प्रहरी÷प्रशासनसमक्ष माग गरेको छ ।
‘नदीजन्य पदार्थको अवैध उत्खनन, चोरी–निकासी र कर छली जस्ता विषयमा थप संवेदनशील बनिदिन सम्बद्ध पक्षलाई आग्रह गर्दै नगरपालिकाअन्र्तगतको अनुगमन समिति अझै दृढताका साथ क्रियाशील रहने व्यहोरा सबैमा अनुरोध छ ।’ प्रेस विज्ञप्तिमा भनिएको छ ।
वडाध्यक्षमाथि कुटपिट गर्नेलाई कारवाही गर्न माग
on:
Related Articles
-
प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै संभावना छैनः अर्थमन्त्री पौडेल
-
प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुभएको सम्बोधन (पूर्णपाठ)
-
अर्थमन्त्री पौडेलको संसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा
-
लुम्बिनी प्रदेशका विलासी सभामुखः प्रयोगमा रहेका दुई वटा गाडी छदाछदै महामारीमा भित्राइयो एक करोडको गाडी