सियारीमा हरित रोजगार अवसर र चुनौती सम्बन्धी पैरवी कार्यक्रम

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८०, शनिबार
214 shares

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा हरित रोजगार अवसर र चुनौती सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपाल (सि.डि.एम)को आयोजना तथा सियारी गाउँपालिकाको सहकार्य र मिसेरियर के.जेङ.ई.को सहयोगमा कार्यक्रम भएको थियो ।

जलबायु परितर्वनको बढ्दो असरलाई मध्यनजर गरी पर्यावरणको गुणस्तर संरक्षणका लागि हरित सीप तथा हरित रोजगारी प्रबद्र्धनमा टेवा पुर्याउने उद्देश्यका साथ कार्यक्रम अयोजना गरिएको कार्यक्रम संयोजक टेकबहादुर सुनारले जानकारी दिए । कार्यक्रममा सियारी गाउँपालिकामा हरित रोजगार कार्यक्रम कसरी सिर्जना गर्न सकिन्छ यसका समस्या चुनौती र समाधानका उपायहरुका विषयमा विभिन्न प्रस्तुति र छलफल गरिएको थियो ।

कार्यक्रममा वातावरण विज्ञ उदयबहादुर पौडेलले हरित रोजगारको परिभाषा, सिद्धान्त र प्रकारसँगै नेपालमा जलवायु परिवर्तन र वातावरणीय असर, विद्यमान ऐन, नीति, नियम, निर्देशिका र समाधानका उपायका बारेमा प्रस्तुतिकरण गरेका थिए । जलवायु परिवर्तनले पारेको समस्या समाधानका लागि हरित रोजगार कार्यक्रम महत्वपुर्ण हुने उनले बताए ।

वातावरणको संरक्षणलाई ध्यानमा राख्दै स्वरोजगारतर्फ युवालाई परिचालन गर्ने कार्यक्रम नै हरित रोजगार कार्यक्रम रहेको उनको भनाइ छ । माछापालन, फुलखेती, वन कृषि तथा अन्य क्षेत्रमा रोजगारीको क्षेत्रलाई फराकिलो बनाई परिचालन गर्ने कार्यक्रमको लक्ष्य रहेको उनले बताए । पृथ्वीलाई सबैखाले प्रदुषण र हानिकारक ग्यासहरुबाट जोगाउन र हाम्रा सन्तानहरुलाई आशावादी भविश्य प्रदान गर्नका लागि यो कार्यक्रममले सहयोग गर्ने बताए ।

हरित रोजगार कार्यक्रमले नेपाली युवालाई विदेशिनबाट रोकी स्वदेशमै उद्यमी बनाउन सकिने सहजकर्ता आविस्कार खनालले बताए । यसका लागि गाउँपालिकाले यूवाहरुलाई स्वदेशमै काम गर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्ने उनले बताए । किसानले उत्पादन गरेका तरकारी फलफुलले लागत अनुसारको उचित मूल्य नपाउँदा बारीमै नष्ट गर्नुपर्ने अबस्था रहेको उल्लेख गर्दै उनले उत्पादीत बस्तुको बजारीकरणको जिम्मा गाउँपालिकाले लिनुपर्ने खनालले बताए । प्रत्येक वर्ष दशैं र तिहारमा करोडौँ रुपैयाँ बराबरको सयपत्रि तथा मखमली फूलहरु भारतबाट भित्रिरहेको जनाउँदै उनले त्यो पैसालाई स्वदेशमै रोक्न र स्थानीयलाई पूर्ण रोजगारी बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पालिकाले अहिलेसम्म गरेका राम्रा अभ्यास, चुनौति र अवसरका बारेमा जानकारी गराएका थिए । यहाँका किसानले उत्पादन गरेका बस्तु बजारीकरणमा समस्या रहेको उनले बताए । पालिकालाई हरियाली बनाउन बुटवल–बेथरी सडकखण्ड र खालि ठाउँहरुमा बिभिन्न प्रजातिका पलफुलका बिरुवा लगाएको उनले बताए । पालिकाले किसाललाई प्रोत्साहन गर्न दुधमा प्रति लिटर दुई रुपैयाँ ५० पैसा र माछामा ५ रुपैयाँ अनुदान दिने गरेको अध्यक्ष घिमिरेले बताए ।

सरकारले साना किसालहरुलाई प्रोत्साहन गर्न सानो लगानिमा व्यवसाय सुरु गरेका किसानलाई अनुदानको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो । यहाँका किसानले उत्पादन गरेका बस्तुलाई बजारीकरणका लागि आबश्यक सहयोग गर्ने अध्यक्ष घिमिरेले प्रतिबद्धता जनाए । भारतबाट अबैधरुपमा नेपाल भित्रिने तरकारी, फलफुल र मासुलाई रोक्न सके यहाँका किसानले उत्पादन गरेका बस्तुले उचित मुल्य पाउने उनले बताए । यसका लागि सरकारले सिमा नाकामा कडाई गर्न आग्रह गरे ।

यस्तै, सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले युवाहरुले बिदेशमा गएर सिकेको सिपलाई स्वदेश फर्कीएपछि सोही अनुसारको उत्पादनमा लगाउन आग्रह गरे । पछिल्लो समय बिदेशीने युवाको संख्या बढिरहेको अबस्थामा केहि सिप सिकेर व्यवसायीक रुपमा नेमालमै काम गर्न सके यहाँपनि धेरै सम्भावना रहेको उनले बताए ।

कार्यक्रममा सहभागीहरुले विभिन्न सिपमुलक तालिमपछि व्यवसायीक रुपमा काम गर्दा आर्थिक अबस्थामा सुधार भएको बताएका थिए । किसानले उत्पादन गर्दा लागत बढी हुने तर बजामा बिक्री गर्दा उचित मुल्य नपाउँदा किसानहरु पलायन हुने अबस्था आएको उनिहरुले गुनासो गरे । व्यावसायिक कृषिको विकासका लागि राज्यले कृषिमा लगानी बढाउने हो भने नेपाल आर्थिक रुपले सबल हुने कार्यक्रममा सहभागीहरुले बताए । कार्यक्रममा सियारी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष तारा थारुको बिशिष्ट आतिथ्यता रहेको थियो ।