लैंगिकतामा आधारित हिंसासम्बन्धी अभिमुखीकरण सम्पन्न

मेचीकाली संवाददाता

२७ जेष्ठ २०८०, शनिबार
100 shares

पार्वती आचार्य
कपिलवस्तु । लैंगिकतामा आधारित हिंसा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । नव जिवन संस्था कपिलवस्तुको आयोजना तथा एचआईभि संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ नेपालको क्याटलाटिक फन्ट परियोजना र बाणगंगा नगरपालिकाको सहयोगमा गौरवको महिनाको अवसरमा लैंगिकतामा आधारित हिंसासम्बन्धि अभिमुखिकरण कार्यक्रम तौलिहवामा सम्पन्न भएको हो ।

कार्यक्रममा नव जिवन संस्थाका जिल्ला परियोजना संयोजक प्रेरणा बिष्टले संस्थाको बिषयमा जानकारी दिंदै जिल्लामा यौनिक तथा लैंगिंक अल्पसंख्यकको एलजिबिटीआईक्यूको जम्मा संख्या ३ हजार ४ सय रहेको जानकारी दिइन । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अन्य समुदाय सरह राज्यले हेर्न नसक्नु दुखको कुरा भएको उनले बताइन् ।

संयोजक बिष्टले राज्यले नै दिने नागकिता लगाएतका बिभिन्न सेवाहरुमा बिभेद गर्दा यौनिक तथा लैंगिंक अल्पसंख्यक समुदायका नागरिकहरु पछाडी परेको हुँदा अधिकारबाट बञ्चित हुनु परेको बताए । यौनिक तथा लैंगिक अल्पसंख्यक गौरवको महिनाको अवसरमा लुकेर हैन खुलरे आउनुपर्नेमा सम्पूर्णमा आग्रह गरिन ।
संस्थाका प्रशासनिय तथा बृत्त अधिकृत गोबिन्दबहादुर थापाले संस्थाको परियोजना, बृत्त अवस्था र योजनाको बिषयमा जानकारी दिए । यसैगरी संस्थाका स्वास्थ्य परामर्शकर्ता रामबिलास पालले नव जिवन संस्थाले दिंदै आएको सेवा सुबिधाहरुको बिषयमा जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा नारायण दर्जीले आफ्नो अधिकार प्राप्त गर्नका लागि सबै यौनिक तथा लैंगिंक अल्पसंख्यकहरु खुलेर आउनुपर्नेमा जोड दिए ।

लैंगिंकतामा आधारित हिंसा, सामाजिक लैगिंक बिभेद, लिंग र लैंगिकता, लैंगिक बिभेद भनेको के, लैंगिंकता भनेको के हो, यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको समस्या तथा बिभेद, लैंगिकता शक्ति, महिला बिरुद्धको बिभेद, लुम्बिनी प्रदेशमा ०७८ पुस १७ गते देखि ०७९ पुस १५ गतेसम्म इन्सेकले अभिलेख गरेको घटनाहरु र लैंगिंक हिंसाको अवस्था लगायतको बिषयमा इन्सेक जिल्ला प्रतिनिधि पार्वती आचार्यले सहजीकरण गरेकी थिइन । उक्त अभिमुखीकरण कार्यक्रममा उपस्थित सहभागिहरुले गौरवको महिनाको अवसरमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरी केही कुराहरु सिक्ने अवसर र केही आफ्ना अनुभवहरु आदान प्रदान गर्न पाउँदा आयोजक संस्थालाई धन्यवाद दिएका थिए ।

यौनिक तथा अल्पसंख्यकका लागि नागकिताको समस्या, बिभिन्न रोगहरुबाट संक्रमिक हुनु पर्ने, समाज र समुदायले गिज्याउने, यौन हिंसाको सिकार हुनु पर्ने, शिक्षा, स्वास्थ्य रोजगार लगाएतका समस्याहरुबाट हिंसा भोग्न बाध्य भएको यौनिक तथा लैंगिक अल्पसंख्यक भएकै कारण समाजमा आफूहरुले भोगेका बिभिन्न हिंसाहरुको बिषयमा अनुभवहरु आदान प्रदान गरेका थिए ।
उत्सवस महिनाको अवसरमा गरिएको अभिमुखीकरण कार्यक्रममा जिल्लाका यौनिक तथा लैंगिंक अल्पसंख्यक र अन्य सहभागिहरु गरी ५० बढीको सहभागिता रहेको थियो ।