बुटवल, पुस । बुटवल उप–महानगरपालिकाले बालबालिकाका लागि खाजा राख्ने टिफिन बक्स वितरण गरेको छ । प्रारम्भीक बालविकास केन्द्रमा बालबालिकाहरुलाई खाजा स्वरुप दैनिक जनही २० रुपैयाँ उपलव्ध गराउँदै आएको उपमहानगरपालिकाले अहिले थप टिफिन बक्स वितरण गरेको छ ।
आइतबार बिहान कान्ति माध्यमिक विद्यालयमा एक समारोहका बीच बालबालिकालाई टिफिन बक्स वितरण गर्दै उपप्रमुख गुमादेवी आचार्यले पढाईंगै बालबालिकाको स्वास्थ्यमा पनि नियमित ख्याल गर्न आग्रह गर्नुभयो ।
कान्ति माविको प्रारम्भिक बाल विकास केन्द्रमा ६५ जना बालबालिका रहेका छन् । बुटवल उप–महानगरपालिकाले नगर भरी रहेका एक हजार दुई ७५ जना बालबालिकाहरुलाई टिफिन बक्स वितरण गर्न लागेको शिक्षा शााख प्रमुख उपसचिव लोकराज पन्थीले जानकारी दिनुभयो ।
प्लास्टीकका टिफिन बक्सले क्यान्सरजन्य रोगको जोखीम बढाउने भएकाले स्टीलबाट निर्मित टिफिन बक्स वितरण गरिएको उपसचिव पन्थीले बताउनुभयो । पाँच दिन भित्रै उपमहानगरपालिका अन्तर्गतका सबै प्रारम्भिक बाल विकास केन्द्रहरुमा टिफिन बक्स वितरण गरिसक्ने तयारी छ ।
बालबालिकालाई टिफिन वितरण
