तिलोत्तमामा स्कारपियो दुर्घटनाः एक जनाको मृत्यु, ५ जना घाइते

मेचीकाली संवाददाता

२८ जेष्ठ २०८०, आईतवार
114 shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा स्कारपियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा गाडी चालक अर्घाखाँचीको छत्रदेब गाउँपालिका वडा नम्बर ८ का ३२ वर्षिय विकास श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

आइतबार बिहान साढे ३ बजे भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी तिलोत्तमा नगरपालिका ३ शान्तिकुञ्जमा दुर्घटना भएको थियो। दुर्घटनामा ५ जना घाइते भएका छन्। दुर्घटनामा परी ३१ वर्षिय विज्ञान श्रेष्ठ, ४९ वर्षिय सुरेन्द्र श्रेष्ठ, १८ वर्षिय विप्लव श्रेष्ठ, १७ वर्षिय शुर्दसन श्रेष्ठ र ३५ वर्षिय विशाल पन्थी घाइते भएका छन् ।

घाइते पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । उनिहरूको अबस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए । तिव्र गतिमा रहेको गाडी अनियिन्त्रत भई बिजुलीको पोलमा ठोक्किएको थियोे । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।