बुटवल, पुस । पाल्पाको तिनाउ गाउ“पालिका दोभानमा बाढी पूर्वसुचना प्रणाली राखिएको छ । बाढीको उच्च जोखिम रहेको तिनाउ नदीले रुपन्देहीलाई पार्ने प्रभावकारे जानाकारी दिन बाढी पूर्वसुचना प्रणाली राखिएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति संयोजक उदय बहादुर राना मगरले नदीमा पूर्वसुचना प्रणाली जडानका लागि तिनाउ गाउ“पालिका वडा नम्बर २ का अध्यक्ष प्रेमप्रसाद पाण्डे र ३ का अध्यक्ष राजेश श्रेष्ठलाई उपकरण हस्तान्तरण गर्नुभयो ।
नदीमा पूर्वसुचना प्रणाली नहु“दा अकल्पनीय क्षति हुने गरेकाले त्यसलाई रोक्न सुचना जडान गरेको उहाले बताउनुभयो । करिब २ लाख रकमका ती उपकरण वल्र्डभिजन र नमुना एकीकृत विकास परिषदले सहयोग गरेका हुन् । अबको २ वर्षसम्म संस्थाले नै मर्मत संहारको काम गर्नेछ ।
उपकरण व्यवस्थापनको काम तिनाउ गाउँपालिका, बुटवल उप–महानगरपालिका र रेडक्रस सोसाइटी दोभान पाल्पाले गर्नेछन् । रेखदेख तथा थप व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले सहयोग गर्ने प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
यो पटक बाढीलाई केन्द्रीत गरी बुटवल उप–महानगरपालिकाले स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना तयार गरेको छ ।
स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनामा विपद् जोखिम न्यूनिकरण तथा पूर्वतयारी, रोकथाम र अनुकुलका योजना समावेश छन् । उपमहानगर प्रमुख सुवेदीले जोखिमका क्षेत्रहरु पहिचान गर्दै न्युनिकरणमा प्रभावकारी कार्यक्रम गर्ने बताउनुभयो ।
सहयोगी सस्था नमुना एकीकृत विकास परिषदकी अध्यक्ष ज्ञानु पौडेलले सुरुवातमा नदी तटिय क्षेत्रका वासिन्दालाई सुचना दिन मोवाइल एप्स बनाइने छ । उक्त एप्सको माध्यमबाट एनसेल र टेलिकमको मोबाइल नम्बरमा सन्देश पठाइनेछ । सुरुवातमा जनप्रतिनिधिलाई र त्यसपछि नदी किनारका बासिन्दामा सन्देश पठाउने तयारी गरेको उहाँले बताउनुभयो । रुपन्देहीमा १६ वटा स्थानीय तह छन् । त्यसमध्ये १२ स्थानीय तह नदी प्रभावीत छन् । चुरेबाट भेल लिएर बग्ने भएकाले बाढीका लागि सबैभन्दा जोखिम तिनाउ नदी हो । पूर्व सुचना प्रणालीले तिनाउ नदीले रुपन्देहीलाई पारेको प्रभाव धेरै घट्ने दोभान गाउँपालिका वडा नम्बर २ का अध्यक्ष पाण्डेले बताउनुभयो ।
विपद पूर्व तयारी परियोजना सकियो
नेपाल विपद् पूर्व तयारी कार्यक्रमको परियोजना समाप्त भएको छ । सन् २०१८ अप्रिलमा वल्र्ड भिजनको सहयोगमा नमुना एकीकृत बिकास परिषदले शुरु गरेको परियोजना ९ महिना पछि २०१८ डिसेम्बरमा समाप्त भएको हो । यसै अवसरमा परिषद्ले एक कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा ९ महिनामा परिषदले परियोजना अन्तर्गत गरेका कामहरु र त्यसको बजेट प्रस्तुत गरिएको अध्यक्ष ज्ञानु पौडेलले बताउनुभयो । त्यस अवसरमा निमित्त स्थानीय विकास अधिकारी उपेन्द्र ज्ञवालीको प्रमुख आतिथ्य रहेको थियो । परियोजना कुल ८३ लाख ५४ हजार २ सय ४२ बजेट रहेकोमा ७७ लाख ६२ हजार दुई सय ४२ खर्च गरेको छ ।
परियोजना अन्तर्गत रुपन्देहीका ५ वटा स्थानीय तहहरु तिलोत्तमा नगरपालिका, सम्मरीमाई गाउँपालिका, ओमसतिया गाउँपालिका, सियारी गाउँपालिका र सुद्धोधन गाउँपालिकामा विपद पूर्वतयारीका बिभिन्न कार्यक्रमहरु संचालन भएका थिए र विपद् न्युनिकरण समाग्री पनि वितरण गरिएको थियो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य एच. पी. रम्तेल, तिनपा ११ का अध्यÔ मुक्तिनारायण चौधरी, तिनपा १२ का अध्यÔ सहदेव चौधरी, तिनपा १० का अध्यक्ष व्यासमुनी थारुलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत परिषद्का सचिब सैलेन्ı तुलाधरले गर्नु भएको थियो भने संचालन परियोजना संयोजक अमृता अधिकारीले गर्नु भएको थियो ।
रुपन्देहीमा बाढीको प्रकोप घटाउन पाल्पामा पूर्वसुचना उपकरण
on:
